मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

अधुवा खोलाको पुलमुनि बस्दै आएका बालकको उद्धार

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

झापा । कठ्यांग्रिने जाडोमा बिर्तामोडको अधुवा खोलाको पुलमुनि बस्दै आएका एक बालकको उद्धार गरिएको छ ।

अर्जुनधारा वडा नं ५ कंचनवारी घर बताउने सेवलाल चौधरी र स्व. गीता चौधरीका छोरा १० वर्षीय आकाश चौधरीलाई बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीलगायतको टोलीले पुलमुनिबाट उद्धार गरेको हो । ती बालक विगत दुई महिनादेखि त्यही पुलमुनि र आसपास क्षेत्रमा बस्दै आएका थिए । बेवारिसे अबस्थामा भेटिएका ती सडक बालकको ठेगाना पत्ता लागेपछि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोम्देनलाई खबर गरिएको थियो । नगर प्रमुख गोम्देनको पहलमा नगरपालिकाले परिवारलाई बुझाउनेगरी ती बालकको जिम्मा लिएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रहरीका कमाण्डर अइन्द्र तामाङ र नगर प्रहरी श्याम आचार्यले परिवारलाई बुझाउने गरी ती बालकको जिम्मा लिएका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार मैनाली, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौला , बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेल , राइट एजुकेशन कन्सल्टेन्सीका नविन बोहोरा, अटिर विवेक गिरीलगायतको उपस्थितिमा ती बालकलाई जिम्मा लगाइएको हो । अडिटर गिरीले ती बालकलाई न्यानो लुगा प्रदान गरेका थिए । ती बालक संरक्षणविहीन अबस्थामा घर छोडेर बाहिर बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार