मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

मिडिया सम्मेलनले १० बुँदे झापा घोषणा पत्र जारी

देश प्रदेश डेस्क 5364+ समाचार ( )
५ जेठ २०८१, शनिबार

झापा नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौती विषयमा मिडिया सम्मेलन भएको छ । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा शनिवार (आज) मिडिया सम्मेलन भएको हो । मिडिया सम्मेलनमा संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौतीसँगै डिजिटल पत्रकारिता अवसर र चुनौती साथै पत्रकारिता र बिज्ञापनका बिषयमा समेत जानकारी गराइएको थियो । 

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष शिव गाउँलेले सहजीकरण गरेको संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौतीका बिषयमा आन्तरिक मामिला तथा कानुन मन्त्री कोशी प्रदेशका लीलावल्भव अधिकारी, सूचना तथा प्रशारण बिभागका निर्देशक भरत गौतम, महोसंघका पूर्व केन्द्रिय अध्यक्ष धमेन्द्र झा, महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, स्थानीय सरकार प्रमुख कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले प्यानल डिस्कशन गरेका थिए । 

त्यस्तै डिजिटल पत्रकारिता अवसर र चुनौती बिषयमा बिज्ञ अरुण कार्की र पत्रकारिता र बिज्ञापनका बिषयमा बिज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईले प्रस्तुती दिएका थिए । 

मिडिया सम्मेलनले १० बुँदे घोषणा पत्र जारी गरेको छ । सञ्चार नीतिमा उल्लेख भएअनुसार विकेन्द्रीत नीतिलाई कार्यान्वयन गर्न, सम्मेलनमा श्रमजीवि पत्रकारिता ऐन पूर्ण कार्यान्वयन, संघीयतालाई कार्यान्वय गर्ने सन्दर्भमा बढ्दै गएको विकृति र गिर्दो आचरणलाई सुधार गर्न, प्रविधिको बढ्दो विकाससँगै धरासायी बन्दै गएको पत्रकारिता क्षेत्रलाई संस्थागत गर्नका लागि राज्य पक्षबाट सञ्चार नीतिलाई कार्यान्वयन गर्न, सञ्चार नीतिमा उल्लेख भएको लैंगिक, भाषिक, भौगोलिक र जातीय प्रतिनिधित्व हुने गरी नीति गत समावेशीतालाई स्थानीय तहसम्म कार्यान्वयन सम्मेलनले माग गरेको छ । महासंघ कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछानेको संयोजकत्व केशव भट्टराई, लीला अनमोल र सन्तोष शर्मा सदस्य रहेको गठित घोषणापत्र जारी समितिले उक्त मागसहित १० बुँदे घोषणापत्र जारी गरेको हो । 

त्यस्तै लोक कल्याणकारी विज्ञापनलाई पुनः परिभाषित गरी यसलाई बहुउपयोगी बनाउन, आम सञ्चार र पत्रकारिता क्षेत्रलाई विषय बनाएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई यसै क्षेत्रमा क्रियाशील बनाउने वातावरण सिर्जना गरी सञ्चार क्षेत्रमा आकर्षित गर्न, पत्रकार महिलाको पेशागत तथा भौतिक सुरक्षाका लागि विशेष प्याकेजको प्रबन्ध गर्न, सञ्चार माध्यमको दर्ता, वर्गीकरण, विज्ञापन नीति, संघीय, प्रादेशिक र स्थानीय तहको अलग–अलग ऐन तत्काल ल्याउन र कार्यान्वयनका लागि र कनकाई नगरसहित समग्र झापाका पर्यटकीय क्षेत्रको प्रबद्र्धनसँगै पर्यटन पत्रकारितालाई जोड्न मागसहितको घोषणा पत्र जारी सम्मेलनले जारी गरेको छ । 

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको मिडिया सम्मेलनमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रामबहादुर राना, महासंघका निवर्तमान प्रदेश अध्यक्ष बिक्रम लुइटेल, महासंघका कार्यबहाक अध्यक्ष लवदेव ढुङ्गानालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्वागत महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार