मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

वेस्ट इन्डिजविरूद्ध अन्तिम खेलमा नेपाल १० विकेटले पराजित

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१५ अशोज २०८२, बुधवार

युएईमा जारी वेस्ट इन्डिजविरूद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको छ।

मंगलबार शारजाह रंगशालामा भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो। नेपालले १२३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य वेस्ट इन्डिजले १२औं ओभरमा पूरा गरेको हो। खेलमा अमिर जंगुले ७४ रन र अकीम अगस्टेले ४१ रन बनाएका छन्।

नेपालका लागि कुशल भुर्तेल ३९, कप्तान रोहित पौडेल १९ रन, कुशल मल्ल १२ र आरिफ शेख ६ रन बनाएर आउट भए। गुल्शन झा १० र आदिल आलम ३ रन बनाएर रनआउट भएका थिए।

त्यस्तै, सन्दीप जोरा १४ रन, लोकेश बम १० रन र सोमपाल कामी ४ रन बनाएर आउट भएका थिए।

रेमन सिमोन्ड्सले उत्कृष्ट बलिङ गरी चार विकेट लिए। उनले कप्तान पौडेल, शेख, कामी र करण केसीको विकेट लिएका हुन्। केसी पहिलो बलमै आउट भएका थिए।

जेसन होल्डरले मल्ल र अकिल हुसैनले भुर्तेलको विकेट लिएका हुन्। एलेन जेडिया ब्लेड्सले जोरा र बमलाई आउट गरेका थिए।

नेपालले तीन खेलमध्ये दुईवटा जितेर सिरिज हात पारिसकेको छ। आइसिसीको पूर्ण सदस्य रहेको वेस्ट इन्डिजसँग सोमबार नेपाल ९० रनले विजयी भएको थियो।

सोमबार शारजाहमा भएको खेलमा नेपालले ६ विकेट गुमाएर १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले १७.१ ओभरमा १० वटै विकेट गुमाउँदै ८३ रन मात्र बनाएको थियो।

यसअघि शनिबार भएको खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई पराजित गरेको थियो। नेपालले पहिलो खेलमा १९ रनको जित निकालेको थियो।

वेस्ट इन्डिज दुई पटक टी-२० विश्वकप विजेता रहिसकेको राष्ट्र हो।

आजको अन्तिम खेलपछि नेपाली टोली विश्वकप छनौट खेल्न ओमान जानेछ। ओमानमा सुरूमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ।

सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।

ओमानमा तीन समूह नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्।

तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार