मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

भारत-पाकिस्तानबीच आज वार्ता हुँदै

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

झापा / आपसी द्वन्द्वबीच भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई साताअघि जम्मू कश्मीरको पहलगाममा भएको विद्रोही आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावबीच शनिबार पूर्णतहको युद्धविराम घोषणा गरेका थिए ।

आपसी वार्ताबाट विवाद निरुपण गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई मुलुकबीच पूर्व निर्धारित तालिका अनुसार सोमबार आज वार्ता हुन लागेको हो । भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार आज मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता तय भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने बताइएको छ ।  

भारत–पाकिस्तानबीच लामो समयदेखि जम्मू कश्मीर क्षेत्रको स्वामित्वलाई लिएर विवाद हुँदै आएको छ । यो पटक दोहोरो गोलाबारीमा उत्रिएका दुई देशलाई मानवीय क्षति हुने युद्धमा नजान विभिन्न मुलुकले आग्रह गरेका थिए । 
सार्कको अध्यक्ष राष्ट्र नेपालले विवादका विषयमा वार्ता गरेरअघि बढ्न दुई देशलाई अपिल गरेको थियो भने अमेरिकाले दुई देशबीच तत्काल युद्धविरामसहित विवादको विषय वार्तामार्फत सुल्झाउन सुझाव दिँदै  युद्धविरामका लागि पहल चालेको थियो । अमेरिकाले दुई देशबीच वार्ताका माध्यमले कुरा नटुंगिए आफु मध्यस्थता गर्न तयार रहेको भारत–पाकिस्तानसमक्ष प्रस्ताव राखेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार