मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२० जेठ २०८३, बुधवार

झापा  ।  स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा झापाको मेचीनगरमा  दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर –७ बस्ने २५ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा पछाडी सवार भारत किसनगंज गलगलिया बस्ने ३३ वर्षीय अजय माझी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

प्रहरीले दिएकाे विवरण अनुसार आज साँझ ५.२० बजे मेचीनगर –९ गोमनसरी सिमेन्ट फ्याक्ट्रीनजिक भित्री पक्की सडक खण्डमा सतिघट्टाबाट इटाभट्टातर्फ आउँदै गरेको होलिबेल बोडिङ स्कुलको मे १ क ३९१ न.को बस र विपरित दिशाबाट जाँदै गरेको मे.९.प.९००४ न.को २०० सीसीको एनएस मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएकाे थियाे । माेटरसाइकल सवार दुवैजना  गम्भीर घाइते भएका थिए ।  उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा साँझ ५;५० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकहरुको शव सोही अस्पतालमा नै रहेको छ ।बस चालक मेचीनगर – ११ बस्ने ४२ वर्षीय निरेन धिमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।दुबै सवारी साधन इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार