मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

काङ्ग्रेसका शर्मा,थापा र सिटाैला मन्त्री नबन्ने

देश प्रदेश डेस्क 5363+ समाचार ( )
२९ आषाढ २०८१, शनिबार

झापा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू मन्त्री नबन्ने बताएका छन् । निर्वाचनको मैदानमा रहँदा पनि उनले आफू तत्काल मन्त्री नबन्ने बताएका थिए । अहिले पनि शर्मा त्यही लयमा देखिएका छन् ।
  तीनदिन निर्वाचन क्षेत्रका विकास निर्माण कार्यको थालनी र अवस्था बुझेर राजधानी फर्किएका शर्माले अरुलाई मन्त्री बनाउने आफू नबन्ने बताए । उनले थप कारण भने केही बताएका छैनन् ।
शर्माले आफू अहिले पार्टी महामन्त्रीको महत्वपूर्ण जिम्मेवारीमा रहेकाले पार्टी काममा नै व्यस्त रहने बताउँदै आएका थिए । पार्टी काममा नै सक्रिय रहन शर्मा मन्त्री नबन्ने भएका हुन् । 
अर्का महामन्त्री गगन थापा पनि मन्त्री नबन्ने भएका छन् । उनले पार्टी काममा नै व्यस्त रहनु पर्ने कारण देखाएर मन्त्री नबन्ने भएका हुन। उनले बिहीबार नै मन्त्री नबन्ने सार्वजनिक गरिसकेका छन् । 
कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि मन्त्री नबन्ने संकेत गरेका छन् । उनले सार्वजनिक रूपमा नै मन्त्री नबन्ने बताइसकेका छन् । अब बन्ने मन्त्री परिषदमा उपप्रधानमन्त्री पद नराख्ने भएका कारण पनि सिटौला मन्त्री बन्न अनिच्छा देखाएको नेताहरु बताउँछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने कांग्रेस र एमाले बीच असार १७ गते राति सहमति भए देखि नै दुवै महामन्त्री र पूर्वमहामन्त्री सरकारमा जान अनिच्छित देखिएका थिए ।
यसले सरकारमा कांग्रेसको तर्फबाट कसले नेतृत्व गर्छ भन्ने अन्योल सिर्जना भएको छ । केपी ओली प्रधानमन्त्री बन्ने गरी नयाँ सरकारका लागि दाबी पेस भै सकेको छ । यस्तो अवस्थामा कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गर्ने व्यक्तिको टुङ्गो लाग्न जरुरी छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता रमेश लेखकको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने तयारीमा रहेको बताइएको छ । सभापति देउवाले महामन्त्री थापालाई पार्टीको नेतृत्व गरेर सरकार जान आग्रह गरे पनि थापाले नमानेका हुन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै