मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

आलाकार्ट शुल्क प्रणाली लागू, टेलिभिजन हेर्न अब न्यूनतम रु.२५० मासिक शुल्क तिर्नुपर्ने

देश प्रदेश डेस्क 5488+ समाचार ( )
८ भाद्र २०८०, शुक्रबार

झापा। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा टेलिभिजन हेर्न आलाकार्ट शुल्क प्रणाली कार्यान्वयनमा ल्याएको छ।

भदौ ७ गतेको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले आलाकार्ट शुल्क प्रणाली कार्यान्वयनमा ल्याएको हो।

आलाकार्ट प्रणाली अन्तर्गत नेपालमा प्रसारण हुने टेलिभिजनको न्यूनतम मासिक शुल्क २५० रुपैयाँ कायम गरिनुका साथै केही सःशुल्क च्यानलहरुको पनि बुके शुल्क निर्धारण गरिएको छ।

आलाकार्ट प्रणाली कार्यान्वयनमा आएसँगै उपभोक्ताले आफूले हेर्न चाहेको च्यानको मात्र शुल्क तिर्नुपर्नेछ।

मन्त्रालयले राष्ट्रिय प्रसारण ऐन २०४९ तथा नियमावली २०५२ बमोजिम केबुल, डीटीएच, एमएसओ, एएमडीएस, आइपीटीभी, डीटीटीभी लगायत माध्यमबाट उपभोक्तासम्म पुग्ने सशुल्क च्यानलहरूले लिन पाउने शुल्क निर्धारण गरेको जनाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७९ चैत १५ गतेदेखि नै टेलिभिजन कार्यक्रमका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भार न्यायोचित बनाउन हालको शुल्क प्रणालीमा सुधार गरी आलाकार्ट शुल्क प्रणाली लागु गर्ने निर्णय गरेको थियो।

आलाकार्ट शुल्क प्रणाली साउन १ गतेदेखि नै लागू गर्ने योजनामा मन्त्रालय रहेको थियो। तर टेलिभिजन अपरेटर र एजेन्टहरुले समयमै च्यानल र बुके शुल्क उपलब्ध नराएकाले तत्काल कार्यान्वयनमा आएको थिएन।

हाल ८ सःशुल्क प्रसारक संस्थाहरुको बुके मूल्य निर्धारण गरेर आलाकार्ट प्रणाली कार्यान्वयनमा ल्याइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै