मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

छठ पर्वमा भद्रपुर स्थित मेची नदीमा भजनसहित गंगा आरती भव्यरूपमा सम्पन्न

देश प्रदेश डेस्क 5489+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

झापा । सद्भाव र भातृत्वकाे प्रतीक छठ पर्वमा भद्रपुर स्थित मेची नदीमा  संकिर्तन भजनसहित गंगा आरती भव्यरूपमा सम्पन्न  भएकाे छ । भद्रपुर नगरपालिका नगर कार्यपालिकाकाे  आयाेजना तथा ५ नम्बर वडा समितिकाे कार्यालय ,युनिक समूह र मैथिल समाज भद्रपुरकाे सहकार्यमा विहीबार साँझ भद्रपुर ५ सूर्यनारायण मन्दिर परिसरमा गंगा आरती सम्पन्न गरिएकाे हाे  ।  स्थानीय गुरू पिताम्बर अधिकारीकाे नेतृत्वमा दुइवटा आरतीकाे कार्यक्रम सञ्चालन गरिएकाे थियाे ।

यही वर्षकाे भदाै २३ गते पहिलाे पटक बन्धु कार्कीकाे नेतृत्वमा कार्की परिवारले मेची किनारमा गंगा आरती सञ्चालन गरेका थिए । साेही कार्यक्रममा नगर प्रमुख गणेश पाेखरेलले नगरपालिकाकाे आयाेजनामा छठ पर्वका दिन मेची नदीमा गंगा आरती हुने घाेषणा गरे बमाेजिम याे कार्यक्रम सञ्चालन भएकाे थियाे ।

कार्यक्रममा जिल्लाका सुरक्षा निकाय , जनप्रतिनिधि ,विभिन्न संघ संस्था,उद्दाेगी,व्यवसायी,विभिन्न धार्मीक समूह,सञ्चारकर्मी लगायत भक्तजनहरूकाे सहभागिता रहेकाे थियाे ।

मेची नदीमा अस्ताउँदै गरेकाे सुर्यलाइ अर्घ दिइसकेपछि गंगा आरती सुरू भएकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार