मुख्य समाचार
नेपाल– भारत सीमामा अर्का बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ |

प्रचण्ड र नेपालसहितको एकता घोषणा सभा आज

देश प्रदेश डेस्क 5196+ समाचार ( )
२० कार्तिक २०८२, बुधवार

आ–आफ्‌ना पार्टीभित्र तीब्र विरोध भएपनि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालले आफ्‌नो इच्छा अनुसार आज जवर्जस्ती पार्टी एकता घोषणा गर्दैछन् ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना आठ दलको आज काठमाडौँको भृकुटी मण्डपमा एकता घोषणा कार्यक्रम हुन लागेको हो । उनीहरूले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा राख्ने सहमति गरेका छन् । नयाँ भन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ। एकता घोषणा भएपछि उनीहरूले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन्। नेपालका कम्युनिस्ट पार्टीहरूमा ध्रुवीकरण र टुटफुटको श्रृङ्खला तीव्र भएको छ। नेकपा एमालेबाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी लगायत साना कम्युनिष्ट दलहरूमा धुर्वीकरण र टुटफुट जारी छ। जेन–जी आन्दोलनपछि पार्टीहरूको पुनर्गठन अभियानसँगै कम्युनिष्ट पार्टीहरूमा तीव्र विवाद र योसँगै यसअघि विभाजन भएका पार्टीहरूको एकताको श्रृंखला नै चलेको हो ।

एकता घोषणा कार्यक्रम भइरहेको बेला माओवादीबाट अलग भएको जनार्दन शर्मा समूहले पारदर्शी नेपाल नामको अभियान सुरु गरेको छ भने नेकपा एकीकृत समाजवादीबाट अलग भएका महासचिव घनश्याम भुसालले आजै पत्रकार सम्मेलन गरी विराट वाम एकताको अभियान सुरु गर्न लागेका छन् ।

त्यस्तै, नेकपा एसबाट अलग भएकी नेता रामकुमारी झाँक्री र पूर्व सांसद किसान श्रेष्ठ लगायतले छुट्टै पत्रकार सम्मेलन गरी एमालेमा जाने जानकारी गराउन लागेका छन् । भुसाल र झाँक्री पक्षको छुट्टाछुट्टै पत्रकार सम्मेलन आयोजना हुन लागेको छ।

नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले हिजो बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी छलफल गरेका छन्।
छलफलमा ओलीले एमालेमा प्रवेश गर्न ढोका खुल्लै भएपनि कुनै शर्त लागू नहुने जानकारी दिएका छन्। खनालले एमालेले बहुदलीय जनवाद छोड्नुपर्ने लगायतका शर्त राखेर एमालेमा प्रवेश गर्ने संकेत गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार