मुख्य समाचार
यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव |

झापाका नेकपा एसका सबै कार्यकर्ता पार्टी एकतामा समाहित नहुने

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१९ कार्तिक २०८२, मङ्गलबार

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले नेकपा (माओवादी केन्द्र) लगायतसंग केन्द्रमा पार्टी एकता गर्ने निर्णय गरेपनि झापाका सवै कार्यकर्ता समाहित नहुने भएका छन् ।

एकता गर्ने निर्णयबाट नेकपा एसका सबै कार्यकर्ता खुशी देखिएका छैनन् । कतिपय कार्यकर्ताहरु एकता प्रक्रियामा सहभागी हुन इच्छुक हुँदै गर्दा कोही नेकपा एमालेतिर फर्किन खोजिरहेका छन् भने कोही वृहत बाम एकताको पक्षमा उभिएका छन् । झापामा नेकपा एसको ६४ सदस्यीय जिल्ला कमिटी रहेको छ । त्यसमध्ये ७० देखि ९० प्रतिशत कार्यकर्ता एकता प्रक्रियामा सहभागी हुन सक्ने निवर्तमान जिल्ला अध्यक्ष वेदराज रेग्मीले स्वीकार गरे । उनले सबै कार्यकर्तालाई एकता प्रक्रियामा लैजान समस्या रहेको बताए ।

त्यो समस्या नेकपा माओवादी केन्द्रमा पनि देखिएको छ । निवर्तमान उपमहासचिव तथा हालका सचिवालय सदस्य जनार्दन शर्मा पक्षका नेता कार्यकर्ताहरु अहिलेको एकता प्रक्रियाप्रति असन्तुष्ट छन् । शर्मा पक्षधर मानिएकी लक्ष्मी न्यौपाने सरुले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व निर्माण गर्ने पार्टीको मुल मर्म र जेनजी आन्दोलनको सबैभन्दा बढी समर्थन र एजेन्डालाई समातेको पार्टी माओवादी नै भएको हुनाले यो आन्दोलनको मर्म बिपरित पार्टीले महाधिवेशन टार्न नहुने बताइन् । उनले नयाँ नेतृत्व निर्माण गरेर मात्र निर्वाचनलाई फेस गर्न सकिने धारणा राखिन् ।

नेकपा एसलगायत आठ कम्युनिस्ट पार्टीहरुले माओवादीका निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्ने निर्णय गरेका हुन् । माआवादी र नेकपा एसमा पार्टी एकताविरुद्ध फरक मत भए पनि दाहाल, नेपाललगायत नेताको जोडबलमा आइतबार बेलुका भएको १८ बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार