मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |
मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |


चिसोका कारणले फोक्सो सङ्क्रमणका बिरामी बढे

देश प्रदेश डेस्क 5192+ समाचार ( )
१८ पौष २०८०, बुधवार

काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा फोक्सोसम्बन्धी बिरामीहरू बढेको छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले बताए । उनका अनुसार चिसो अगापाटन अस्पतालका मेडिकल डाइरेक्टर डा. युवराज शर्माले पनि श्वासप्रश्वाससँग सम्बन्धित बिरामी बढेको बताए । ‘चिसो बढेसँगै फोक्सोको सङ्क्रमणबाट हुने श्वासप्रश्वाससम्बन्धी बिरामी धेरै बढेका छन्,’ उनले भने, ‘बालबालिकामा आज्मा र पाको मान्छेलाई क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) को समस्या बढेको छ ।’ वै आउने बिरामीको तुलनामा फोक्सोसम्बन्धी बिरामी दैनिकरुपमा १५ देखि १७ प्रतिशत बढेका छन् । सीओपीडी धूम्रपान गर्ने, धेरै धुवाँ भएको ठाउँमा बस्ने मानिसमा देखिने डा. शर्माको भनाई छ । यो समस्या प्रायः ४० वर्ष बढी उमेरका व्यक्तिमा देखिने उनले उल्लेख गरे । चिसो बढेसँगै यसले समस्या पारेको शर्माले बताए ।

यस्तै, बालबालिकामा पनि श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । चिसो मौसममा बालबालिकामा दमको समस्या बढ्न थालेको उनले सुनाए । ‘श्वास फेर्न गाह्रो भएर आउने बिरामीको बढेका छन्,’ उनले भने, ‘मस्तिष्क घात (स्ट्रोक) का बिरामी पहिलाभन्दा आजभोलि अल्लि धेरै आउने गरेका छन्, निमोनियाका बिरामी पनि थपिएका छन् ।’

उनका अनुसार चिसोमा फोक्सोमा सङ्क्रमण हुने, भाइरल ज्वरो आउने, रुघाखोकी, जिउ दुख्ने, नाक बन्द हुने, ज्वरो आउने जस्ता बिरामी धेरै बढेका छन् । ‘दमका बिरामी मेरो अनुमानमा दुई गुणा बढेका छन्,’ उनले भने ।

चिसो सुरु हुनुअघि दैनिक रूपमा पाटन अस्पतालमा दमका बिरामी औसतमा ६ जना आउने गरेकोमा हाल १४ देखि १५ जनासम्म दैनिक आउने गरेको डा. शर्माले बताए । ‘हाल भर्ना नै भएका छन् दमका बिरामी,’ उनले भने, ‘कतिपय मान्छे अक्सिजनसहित डिस्चार्ज गरिन्छ, दमका बिरामी भर्ना हुँदा कम्तीमा पनि ५ देखि १० दिनसम्म अस्पतालमै बस्नु हुन्छ ।’ 

निमोनियाँ सधैँ भरी हुने भनिए पनि चिसोमा केही सङ्ख्या बढ्ने डा. शर्माले बताए । ‘निमोनियाका बिरामी दैनिक औसतमा ३ जना आउनु हुन्थ्यो, हाल दैनिक ५ जनाको हराहरीमा आउनु हुन्छ,’ उनी भन्छन्,‘ यस्ता बिरामीहरू ७ देखि १० दिन भर्ना हुने गरेका छन् ।’  

डा. शर्माका अनुसार मस्तिष्क घातका बिरामी पनि बढेका छन् । ‘पहिला हप्ता दिनमा १ देखि २ जना मस्तिष्क घातका बिरामी उपचारका लागि आउँथे,’ उनले भने, ‘हाल दैनिक औसत ३ जना जाँच गराउन आउने गरेका छन् ।’

चिसो बढेसँगै भाइरल सङ्क्रमणका बिरामी पनि बढेका छन् । पाटनमा दैनिक रूपमा ३ देखि ४ जना आउने गरेका थिए । हाल एक दिनमै १० देखि २० जना चेकजाँचका लागि आउने गरेको उनले बताए । पाटन अस्पतालमा ५ सयदेखि साढे ५ सय जना बिरामी भर्ना अवस्थामा रहेको शर्माले बताए । यसमध्ये अधिकांश श्वासप्रश्वासका बिरामी छन् ।  पाटन अस्पतालको जनरल ओपिडीमा दैनिक २ हजारदेखि २५ सय बिरामी जाँच लागि आउने गर्दछन् । 

उता टिचिङ अस्पतालमा दैनिक २५ सयदेखि २७ सय बिरामी सामान्य जाँचका लागि आउने गरेका छन् । सोमध्ये करिब ३ सय बिरामी श्वासप्रश्वाससम्बन्धी रहेको छातीरोग विशेषज्ञ डा. दासले बताए ।

  • चिसोबाट जोगिन विज्ञको सुझाव 

विज्ञहरूले सर्वसाधारणलाई चिसोबाट जोगिन सुझाएका छन् । प्रायः सबै उमेरकालाई रुघाखोकीको समस्या हुने भए पनि श्वासप्रश्वाससम्बन्धी समस्या बालबालिका र वृद्धवृद्धालाई बढी देखिएको छ । उनीहरू लगायत दीर्घरोगी बढी प्रभावित हुने चिकित्सकले बताएका छन् । 

चिसोमा दमका बिरामीले विशेष ख्याल राख्नुपर्ने डा. दासले सुझाए । ‘सकेसम्म बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी चिसोमा बाहिर निस्कनु हुँदैन,’ उनले भने, ‘चिसोमा बाहिर निस्कन परेमा मास्क अनिवार्य लगाउनुपर्छ ।’

रुघाखोकीको मुख्य कारण भाइरल सङ्क्रमण हुने भएकाले चिसो समयमा शरीरलाई न्यानो राख्दा सङ्क्रमणबाट बच्न सकिने उनको भनाई छ । चिसोको समयमा भाइरल फ्लु लागेका मानिसबाट टाढा रहने, जाडोमा झोलिलो र तातो खानेकुरा खानुपर्ने उनले सुझाए । चिसो मौसममा कम इम्युनिटी भएका व्यक्ति पनि प्रभावित हुने उनको भनाई छ । 

तर चिसो छल्नकै लागि कोठामा हिटर र कोइला बालेर सुत्दा निसासिएर स्वास्थ्य समस्या निम्तनुका साथै अप्रिय घटना हुन सक्ने भएकाले त्यसमा पनि सचेत रहन विज्ञहरूले आग्रह गरेका छन् । राताेपाटीबाट साभार

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार