मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

राष्ट्रिय युवा संघ हातमा दही जमाएर बस्दैन, आङकाजी जस्ता अराजकलाई तह लगाउँछौं: उपाध्यक्ष तिवारी

देश प्रदेश डेस्क 5485+ समाचार ( )
८ भाद्र २०८०, शुक्रबार

झापामूलुकमा अराजकता फैलिरहदा राष्ट्रिय युवासंघ नेपाल हातमा दही जमाएर टुलुटुलु हेरेर नबस्ने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष रमेश तिवारीले चेतावनी दिएका छन् ।

उपाध्यक्ष तिवारीले जनजातीको ठेकेदार सम्झने अराजक आङकाजी शेर्पालाई प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल लमजुङ–काठमाडौँ अन्तरजिल्ला कमिटीको प्रथम अधिवेशनमा बोल्दै उहाँले नेपाल बहुजाती, बहुभाषी, बहुसंस्कृती तथा बहुधार्मिकता भएको देश रहेकाले जातीय युद्ध मच्चाउन खोज्नेलाई सरकारले कानुनी कारवाही नगरे संघले प्रतिरोध गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

पहिचानवादीको नाममा आफ्नो संगठनका अध्यक्ष क्षितिज थेबेमाथि गरिएको आक्रमणको प्रयास आङकाजी शेर्पाको लागि महंगो सावित हुने चेतावनी दिँदै उहाँले अन्तर्राष्ट्रिय संस्थाबाट डलर खाएर जातको नाममा राजनीति गर्ने, समाजलाई हिंसा भड्काउने अभिव्यक्ति दिने, आफुलाई जनजातको ठेकेदार सम्झिने आङ्काजी शेर्पा भन्ने अराजकको उस्काहटमा गरिएको भौतिक आक्रमणको प्रयास उनकै लागि दिनगन्ती शुरु भएको भन्दै आक्रोस जनाउनुभयो । मूलुकमा अराजकता फैलिरहदा राष्ट्रिय युवासंघ नेपाल हातमा दही जमाएर टुलुटुलु हेरेर नबस्ने चेतावनी दिँदै उहाँले जुनसुकै नामामा हुने यस्ताखाले अराजक गतिविधीलाई निस्तेज गर्न संगठन काफी रहेको साथै युथफोर्स सिरानीमूनि राखेको खुकुरी हो आवश्यक पर्दा झिकेर प्रयोग गर्ने कुरापनि जाेड्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय युवासंघ नेपाल अन्याय, अत्याचार, बिकृती, विसंगतिकाविरुद्ध लड्दै आएको संगठन हो र लडिरहनेछ । बहुजातीय, बहुभाषिक, बहुधार्मीक, बहुसांस्कृतिक हाम्रो मूलुकमा एक आपसमा सद्भाव कायम राख्नुपर्नेमा कथित पहिचानवादीको नाममा जातीय द्वन्द्व फैलाउने गतिविधीहरू सिर्जना गरिंदैछ । यसक्रममा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धनकुटाद्वारा चौबिसे गाउँपालिका राजारानीमा भाद्र ८ र ९ गते आयोजना गरिएको दुइदिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम पहिचानवादीका नाममा कुनै पनि हालतमा गर्न नदिने भनेर एक हप्ता अगाडिदेखी सामाजिक संजाललगायत विभिन्न माध्यमहरुबाट उद्घोष गर्दै आएका अन्तर्राष्ट्रिय संस्थाबाट डलर खाएर जातको नाममा राजनीति गर्ने, समाजलाई हिंसा भड्काउने अभिव्यक्ति दिने, आफुलाई जनजातीको ठेकेदार सम्झिने आङ्काजी शेर्पा भन्ने अराजकको उस्काहटमा गरिएको च्यालेन्जलाई स्वीकार गर्दै केही धरपकडका बाबाजुद सोही स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हेक्का रहोस्, अराजकताको नेतृत्व गर्न, देशलाई जातीय द्वन्द्वमा लैजान खोज्ने आङकाजी जस्ता व्यक्तिलाई सरकारले कानुनी कारवाही गरेन भने हाम्रो संगठन बाध्य भएर प्रतिकारमा उत्रने छ । त्यसको जिम्मा स्वयम् आङकाजी र नेपाल सरकार हुनेछ । हाम्रो संगठनको विगतको इतिहास हेरे पुग्छ । अराजकलाई घुँडा टेकाउन हामीलाई कुनै ठूलो र नौलो कुरा हैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार