मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

मेची भन्सारले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेन

देश प्रदेश डेस्क 5488+ समाचार ( )
४ मंगशिर २०८०, सोमबार

झापा । भारतको पश्चिम बङ्गाल राज्यसँग सीमा जोडिएको पूर्वकै ठूलो मेची भन्सारले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो तीनमहिनामा लक्ष्यको ८२ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन भएको हो ।
कार्यालयबाट गत साउनदेखि असोज मसान्तसम्मको तीन महिनामा ४ अर्ब ११ करोड १ लाख ७१ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलनको लक्ष्य थियो । तर ३ अर्ब ३९ करोड ७२ लाख ७० हजार रुपैयाँ मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो तीनमहिनामा लक्ष्य अनुसार राजस्व सङ्कलन हुननसकेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । कार्यालयले असोज महिनामा लक्ष्यको तुलनामा ७५ दशमलव ९२ प्रतिशतमात्र राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए । असोजको एकमहिनामा १ अर्ब १७ करोड ७७ लाख ३४ हजार रुपैयाँ राजस्व असुली गरेको छ । असोजको लक्ष्य १ अर्ब ५५ करोड १२ लाख ९६ हजार रुपैयाँ थियो । जुन रकम लक्ष्यको तुलनामा ३७ करोड ३५ लाख ६२ हजार रुपैयाँ कम हो ।
काँकडभिट्टानाका हुँदै अत्याधिकमात्रामा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस, मट्टितेल, तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टाइल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका विभिन्न सामग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् ।
मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका वस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।
मेची भन्सार कार्यालय काँकडभिट्टा पश्चिम बङ्गालको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ । यो नाका भएर भारत, भुटान बङ्गालदेशसँग व्यपार हुने गरेको छ । कोशी प्रदेशमा सबैभन्दा धेरै वैदेशिक व्यापार विराटनगर भन्सारपछि मेची भन्सार कार्यालय काँकडभिट्टाबाट हुने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार