मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

खुदुनावारीमा छोटा हात्तीको ठक्करबाट स्कुटरमा सवार दुईजनाको मृत्यु

देश प्रदेश डेस्क 5487+ समाचार ( )
४ कार्तिक २०८०, शनिबार

झापा अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारी बजारनजिकै झेलेनीमा आज दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो  भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १ च ६८६३ नम्बरको मिनी ट्रक ( छोटा हात्ती) संग विपरित दिशाबाट जाँदै गरेको मे ५ प ४४८५ नम्बरको स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा परी स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका अन्दाजी ३५ बर्षका याम भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरको पछाडी सवार गाजाबारीकै अन्दाजी ३६ बर्षका रोशन लुङ्गेली मगरलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल पुर्याएकोमा उपचारका क्रममा दिउँसो २.४० बजे मृत्यु भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

छोटा हात्ती गाडीका चालक अर्जुनधारा २ कै २५ वर्षिय हेमबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि चालक र दुवै सवारी साधनलाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको हो । मृत्यु हुने दुवैजना र छोटा हात्ती गाडी चालक पनि एउटै गाउँका बासिन्दा भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार