मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

छठ पूजाका लागि झापामा करिव हजार सुरक्षाकर्मी परिचालन

देश प्रदेश डेस्क 5487+ समाचार ( )
३ मंगशिर २०८०, आइतबार

झापा,मंसिर ३ । छठ पूजामा हुने भीडभाडमा कुनै अप्रिय घटना हुन नदिन झापामा करिव हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाका ४९ स्थानमा आयोजना गरिएको छठ पूजाको सुरक्षाका लागि ३७१ जना नेपाल प्रहरी , ५१० जना सशस्त्र प्रहरी र ५२ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो । निन्दा खोलाको रामघाटमा ३० , भद्रपुरको मेची खोलामा ७५ , बिरिङ खोलामा ३० , रतुवा खोलामा ५० लगायत गरी ३७१ जना नेपाल प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

त्यस्तै सशस्त्रका ५१० जना प्रहरी खटाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले बताए । त्यस्तै ट्राफिक प्रहरीका करिव आधा जनशक्ति छठ पूजाको व्यवस्थापनमा खटिएका छन् ।

जम्मा ९९ जना जनशक्तिमध्ये ५२ जनालाई छठ पूजामा ट्राफिक व्यवस्थापनमा खटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालका प्रमुख, प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै