मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

इलामको हिमाली गाउँमा ४२ वर्षपछि भारी वर्षा

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

झापा / इलामको हिमाली गाउँमा ४२ वर्षपछि भारी वर्षा भएको छ ।

इलामको हिमाली गाउँ केन्द्रमा २४ घन्टाको अवधिमा ३३२.६ मिलिमिटर पानी परेको थियो। त्यहाँ २०४० असार ३१ गते ३२०.६ मिलिमिटर पानी परेको  राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले इलामका दुई र मधेसका दुई गरी चार वटा केन्द्रमा बढी पानी परेको रेकर्ड भएको जानकारी दिदै यही कारण पनि इलाममा मानवीय र भौतिक क्षति बढी भएको उनले बताए ।

असोज १७ देखि २० गतेसम्मको अविरल वर्षापछि पहिरोमा परी इलाममा ३७ जनाको मृत्यु भएको थियो। पाँचथर र काभ्रेमा १–१ जनाको मृत्यु भएको थियो।

त्यस्तै बाढीबाट उदयपुर, इलाम, धनुषा, पाँचथर, खोटाङमा गरी १० जनाको मृत्यु भएको थियो। चट्याङबाट दुई जनाको मृत्यु भएको थियो।

बाढीमा परी पाँच जना बेपत्ता भएका छन्। यसमध्ये चार जना लाङटाङ पदयात्रामा गएकाहरूलाई बेरिङ खोलाले बेपत्ता बनाएको हो। बाढीबाट भोजपुरमा एक जना बेपत्ता छन्। पहिरोबाट इलाममा एक जना बेपत्ता छन्।

असोज १७ देखि २० गतेसम्मको बाढीपहिरोमा ४७ जना घाइते भएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार