मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झापा गाउँपालिकाकाे बजेट ५३ करोड ९३ लाख ९९ हजार

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१० आषाढ २०८३, बुधवार

झापा । झापा गाउँपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि ५३ करोड ९३ लाख ९९ हजार रुपैयाँको अनुमानित वजेट प्रस्तुत गरेको छ । २०औं गाउँसभामा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले प्रस्तुत गरेकी थिइन् ।

गत वर्षको तुलना यो आर्थिक वर्षमा २ करोड ५१ लाख ५५ हजार ४६४ रुपैयाको वढी बजेट आएको हो । गत वर्ष ५१ करोड ४२ लाख ४३ हजार ५६४ रुपैयाँ विनियोजन गरिएको थियो ।

 गाउँपालिकाको आयतर्फ संघीय राजश्व वाँडफाँटतर्फ १० करोड ५६ लाख ३६ हजार , संघीय सशर्त अनुदान २२ करोड ८२ लाख , संघीय समानीकरण अनुदान ११ करोड ५४ लाख , संघीय समपूरक अनुदान ६० लाख , संघीय विशेष अनुदान ९९ लाख ,प्रदेश समानीकरण अनुदान १ करोड ७ लाख ८४ हजार , प्रदेश राजश्व वाँडफाँट ८१ लाख ३१ हजार ८ सय ७६, स्थानीय राजश्व घरजग्गा रजिष्ट्रेशन दस्तुर १ करोड २५ लाख , प्रदेश सरकार सशर्त अनुदान १ करोड २८ लाख ४७ हजार , प्रदेश समपूरक अनुदान १ करोड र आन्तरिक आय २ करोड १ सय रुपैयाँ अनुमान गरिएको छ ।

गाउँपालिकाले व्ययतर्फ चालु खर्च शिर्षकमा सम्पूर्ण क्रियाकलापहरुका लागि एकमुष्ट ९ करोड २५ लाख ६७ हजार रुपैयाँ विनियोजन गर्दै पूँजीगत खर्चअन्तर्गत आर्थिक विकासतर्फ १ करोड ६९ लाख ८० हजार , पूर्वाधार विकासतर्फ १० करोड ६८ लाख ४७ हजार , वन वातावरण, विपद् तथा सरसफाईतर्फ १४ लाख , संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ ४९ लाख , सामाजिक विकासतर्फ ४ करोड ९७ लाख ५८ हजार , संघीय सशर्त अनुदान रु २२ करोड ८२ लाख , संघीय विशेष अनुदान ९९ लाख , संघीय समपूरक अनुदान ६० लाख , प्रदेश सशर्त अनुदान १ करोड २८ लाख ४७ हजार , प्रदेश समपूरक अनुदान १ करोड रुपैयाँ खर्च गरिने भएको छ । कार्यवाहक अध्यक्ष थपलियाले प्रविधिमैत्रीसहितको सुशासनको नीति अख्तियार गरिने उल्लेख गर्दै पूर्वाधार विकास र गुणस्तरीय शिक्षामा नागरिकको पहुँच अभिवृद्धि गर्ने प्रतिवद्धता जनाएकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार