मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

वडा सदस्य बानियाँले माफी मागेपछि भद्रपुरका कर्मचारीकाे आन्दोलन फिर्ता

देश प्रदेश डेस्क 5486+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

झापा वडा सचिवलाई हातपात गर्ने भद्रपुर ४ का वडा सदस्य अर्जुन बानियाँले माफी मागेपछि भद्रपुर नगरपालिकाका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

वडा सदस्य बानियाँले सोही वडा कार्यालयका वडा सचिव मानबहादुर मगरमाथि हिजो दिउँसो हातपात गरेका थिए । दिउँसो १ः३० बजे वडा समितिको बैठक संचालन भइरहेको बेला बानियाँले वडा सचिव मगरमाथि हातपात गरेका थिए । इलेक्ट्रिक मोटर बाँड्ने विषयमा विवाद भएपछि वडा सदस्य बानियाँले मगरमाथि मुक्का प्रहार गरेका थिए ।तर, चोट नलागी मगरको चश्मा फुटेको बताइएको छ ।

सो घटनापछि भद्रपुर नगरपालिकाभरिका कर्मचारीहरु आन्दोलित भएका थिए । उनीहरुले घटनाको दोषी बानियाँलाई कारबाही गरी सुरक्षाको प्रत्याभूति नभएसम्म अत्यावश्यकबाहेक अन्य सबै सेवाहरु बन्द गर्ने घोषणा गरेका थिए । सो घटनाका विषयमा आज बिहान नगरपालिका कार्यालयमा बैठक बोलाइएको थियो । बैठकमा वडा सदस्य बानियाँले वडा सचिव मगरसंग अब आइन्दा त्यस्तो गल्ती नगर्ने भनेर माफी मागेको नगरपालिकाका सूचना अधिकारी नेत्र पोखरेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार