मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

आज राष्ट्रिय भाक्का दिवस, झापाका तिन पालिकामा बिदा

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२९ पौष २०८१, सोमबार

 झापा / राष्ट्रिय भाक्का दिवसको अवसरमा आज झापाका तीन पालिकाले सार्वजनिक बिदा दिएका छन ।                        आदिवासी राजवंशी समुदायको बाहुल्यता रहेको झापा क्षेत्र नम्बर ३ अन्तरगतका भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् ।                                     अति आवश्यक कामबाहेक पालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने ति पालिकाहरुले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।            हरेक बर्ष पुस २९ गते राष्ट्रिय भाक्का दिवसका रुपमा मनाउने गरिन्छ । राजबंशी समुदायको बिषेश परिकारका रुपमा रहेको भाक्का अहिले सबैका लागि लोकप्रिय खाजाको परिकारका रुपमा परिचित भएको छ । आज बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा भाक्का दिवसको बिषेश कार्यक्रम आयोजना गरिएको छ । भाक्का दिवसको कार्यक्रम विहान ९ बजेदेखि सुरु हुने राजबंशी समाज विकास समितिले जनाएको छ । राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा भाक्का दिवस मनाउँदै आइरहेको छ । 

यस अघि आइतबार राजबंशी समाज विकास समिति झापाले भद्रपुर -८ स्थित होटेल डेग्लोमा भाक्का पीठ उत्सव विविध कार्यक्रम गरी मनाएको छ । आजै बिहान ५ बजेदेखि झापाको शनिश्चरे बजारमा पनि भाक्का दिवस मनाइएको छ । बिहान ५ बजेदेखि ९ बजेसम्म सबैलाई निशुल्क भाक्का खुवाएर भाक्का दिवस मनाइएको शनिश्चरेका पत्रकार कुमार भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार