मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

कोशी प्रदेश सरकारमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै चार महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

कांग्रेसका प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री उद्योग, कृषि तथा सहकारीमन्त्री तथा इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ रामलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

त्यसैगरी माओवादी केन्द्रका राजेन्द्रकुमार कार्कीलाई सामाजिक विकास र नारायण बुर्जा मगरलाई खानेपानी, सिँचाई तथा ऊर्जामन्त्रीमा नियुक्त गरेका छन् । कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैंसँग राखेका छन् ।

कांग्रेसबाट मन्त्री नियुक्त सुनुवार ओखलढुंगा क्षेत्र नं १, खत्री उदयपुर २ (२) र राज्यमन्त्री थापा धनकुटाकी समानुपातिक प्रदेश सांसद हुन् । त्यसैगरी माओवादीवाट मन्त्री बनेका बुर्जा मगर उदयपुर क्षेत्र नं २ (१) र कार्की संखुवासभा १ का प्रदेश सांसद हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका छन् ।

यसअघि कांग्रेसका शम्शेर राई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका थिए ।

कांग्रेसका ८ सांसदको विद्रोह र नेकपा एमालेको समर्थनमा असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले त्यसबेला एमालेका रामबहादुर मगर र कांग्रेसका शम्शेर राईलाई मन्त्रीमा नियुक्त गरेका थिए । पछिल्लो मन्त्रिपरिषद् विस्तारमा कार्कीले माओवादी केन्द्रलाई समेटेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार