मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

जापानिज इन्सेफ्लाइटिसबाट मेचिनगरमा थप एकजनाकाे मृत्यु

देश प्रदेश डेस्क 5475+ समाचार ( )
५ भाद्र २०८३, शुक्रबार

झापा जापानिज इन्सेफ्लाइटिस (जेई)बाट झापाकाे मेचिनगरमा थप एकजनाकाे मृत्यु भएकाे छ ।

मेचीनगर ८ की ६४ वर्षीया महिलाको जेईबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै जिल्लामा जेईबाट मृत्यु हुनेहरुको संख्या ६ र संक्रमितहरुको संख्या ११ पुगेको छ । मृत्यु हुनेहरुमा चार महिला र दुई पुरुष छन् ।

हालसम्म मेचीनगरमा दुई तथा हल्दिवारी,बाह्रदशी , बिर्तामोड र अर्जुनधारामा एक–एक जनाको मृत्यु भएको हो । मेचीनगरका ५ , हल्दिवारीका १ , बाह्रदशीका १ , कचनकवलका १ , बिर्तामोडका २ र अर्जुनधाराका १ जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण देखा परेको हो । त्यसमध्ये ६जनाको मृत्यु भइसकेको ,दुईजना उपचारमा रहेको र तीनजना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमितहरु अधिकांश ५० वर्ष माथिका छन् । संक्रमितमा एकजना बालक ७ महिनाका र एकजना ४० वर्ष उमेरको रहेको कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार