मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

अन्डरवेयर र मलद्वारभित्र लागु औषध ल्याउने दुई जना पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२२ अशोज २०८०, सोमबार

झापा । भद्रपुर र मेचीनगरबाट लागु औषध ब्राउन सुगर र खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका- ५ स्थित मेची पुलबाट ब्राउन सुगरसहित बिर्तामोड नगरपालिका- ३ निवासी १९ वर्षीय अनुज राजवंशी पक्राउ परेका छन् । 

भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प २७१५ नम्बरको मोटरसाइकलमा सवार राजवंशीलाई मेची पुलमा खटिएका सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले रोकेर चेकजाँच गरेका थिए । प्रहरीले उनको शरीर चेकजाँच गर्दा अन्डरवेयरभित्र लुकाएर ल्याएको १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी कार्यालय झापामा राखिएको छ । 

त्यस्तै इलाका प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ स्थित मेची पुल नजिकैबाट इलाम नगरपालिका- ९ गोलबस्ती निवासी १८ वर्षीय रोहण खवासलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको खवासलाई शंका लागी प्रहरीले चेकजाँच गर्दा मलद्वारभित्र लुकाएर ल्याएको ४ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार