मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

बेल्स घटनापछि बिर्तामोड नगरपालिकाले विद्यालयहरुलाई गरायो सचेत

देश प्रदेश डेस्क 5363+ समाचार ( )
३ माघ २०८०, बुधवार

झापा बिर्तामोड नगरपालिकाले आकर्षक बनाउने नाममा विभिन्न प्रकारका विदेशी रसायन, विष्फोटक पदार्थ र जोखिमयुक्त सामग्रीहरुको प्रयोग नगर्न नगरभित्रका विद्यालयहरुलाई सचेत गराएको छ ।

हिजो बिर्तामोड नगरपालिका वडा नम्बर ७ गरामनीस्थित बेल्स मोडल स्कुलमा बेलुन फुलाउने क्रममा हाइड्रोजन ग्यासको सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएपछि नगरपालिकाले नगरभित्रका सबै विद्यालयहरुलाई पत्र पठाउँदै सचेत गराएको हो । बेल्स मोडल स्कुलले हिजो आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजनको ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका थिए । उनको चिन्ताजनक अबस्थामा भारतको सिलिगुडीमा उपचार भइरहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले विद्यालयहरुमा सञ्चालन हुने विभिन्न प्रदर्शनी, वार्षिक कार्यक्रमहरु, उत्सव तथा स्थापना दिवस लगायत अन्य विविध कार्यक्रमलाई आकर्षक बनाउने नाममा विभिन्न प्रकारका विदेशी रसायन, विष्फोटक पदार्थहरु तथा जोखिमयुक्त सामग्रीहरुको प्रयोग नगर्न सचेत गराएका हुन् । त्यस प्रकारका सामग्रीहरुको प्रयोगबाट बालबालिकाहरुमा त्रास फैलिनका साथै शारीरिक तथा मानसिक जोखिम उत्पन्न हुने भएकोले त्यस्ता प्रकारका सामग्रीको प्रयोग नगरी जोखिमरहित, बालबालिकाबाट निर्मित तथा स्वदेशी सामग्रीको प्रयोग गर्न गराउन नगरपालिकाले अनुरोध गरेको छ । यस्ता प्रकारका विष्फोटक पदार्थ, रसायन र जोखिमयुक्त सामग्रीहरु अनुमति नलिई मानवीय तथा भौतिक क्षति भएमा सम्बन्धित विद्यालय परिवार स्वयं जवाफदेही हुने चेतावनी समेत दिइएको छ ।

विद्यालयहरुले डेकोरेसनका नाममा जोखिमयुक्त कार्य गराउँदै आएका छन् । बेल्स स्कुलले सजावटका लागि भारत सिलिगुडीको पार्टी डेकोरेशन सिलिगुडी भन्ने कम्पनीलाई ठेक्का दिएको थियो । तिनै कम्पनीले सहनीलाई सजावटको लागि खटाएको थियो ।

त्यस्तै निजी तथा आवासीय अर्गनाइजेशन नेपाल नगर समिति बिर्तामोडले पनि प्रेस विज्ञप्ति जारी गरी बेल्समा भएको घटनाबाट सचेत बन्दै विद्यालयमा बालमैत्री, व्यबहार मैत्री र स्थानीय स्रोत साधनको प्रयोग गरी प्रयोगात्मक तथा अन्य गतिविधि गर्न गराउन अपिल गरेको छ । नगर प्याव्सन अध्यक्ष उत्तम खनाल र सचिव सुरेन्द्र खरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,‘ प्याब्सन बिर्तामोड नगर कमिटीले स्थलगतरुपमा हेर्दा विद्यालयले साबधानीपूर्वक एकान्तमा सो बेलुन फुलाउने कार्यक्रम गर्दागर्दै अचानक दुर्घटना हुन पुगेका कारण यस घटनाबाट सचेत बन्दै विद्यालयमा बालमैत्री, व्यबहारमैत्री र स्थानीय स्रोत साधनको प्रयोग गरी प्रयोगात्मक तथा अन्य गतिविधि गर्न गराउन हार्दिक अपिल गर्दछौं ।’

विद्यार्थीहरुको कला, क्षमता विकासका लागि विद्यालयले गरेको गतिविधि प्रशंसनीय रहेपनि प्राबिधिक कारणबस दुर्घटना हुन पुगेको प्याव्सनले ठहर गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार