मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

विदेशबाट फर्किएका ८ जना उद्यमी पुरस्कृत भएका छन्

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१६ आषाढ २०८१, आइतबार

आइतबार मन्त्रालयले उत्कृष्ट उद्यमीलाई नगदसहित सम्मान गरेको हो । झापाका चन्द्रप्रसाद बस्नेतले १ लाख ५० हजार नगदसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।गुल्मीका रविलाल पन्थ, झापाका मोहनप्रसाद संग्रौला, जुम्लाका टक्कबहादुर नेपाली, कन्चनपुरका चन्द्र सिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापाले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । उनीहरूले नगद ७५/७५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मन्त्रालयले प्रत्येक वर्ष वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गरेका उद्यमीहरूलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ ।राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि सार्वजनिक रूपमा आवेदनको माग गरिएको थियो । 

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिश समितिले उद्यमीको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा सम्भव भएसम्मका सातवटै प्रदेशको प्रतिनिधित्व कायम गर्ने गरी ८ जना उद्यमीलाई राष्ट्रिय पुरस्कार वितरण गरिएको हो ।

उद्यमीलाई सम्मान गर्दै श्रममन्त्री अर्यालले एक पटक वैदेशिक रोजगारीमा गएर फर्केका युवालाई मुलुकभित्रै रहने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै