मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झापामा सवारी दुर्घटनामा परी ९ महिनामा ७० जनाको मृत्यु

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

                                                                                                                  फायल तस्वीर

झापा । चालु आर्थिक वर्ष ०८१/८२ को साउनदेखि चैतसम्म नौ महिनाकाे अबधिमा झापामा दुर्घटनामा परी ७० जनाले ज्यान गुमाएका छन् । साे अबधिमा नौ सय ६६ सवारी दुर्घटना हुँदा उबक्त मानवीय क्षति भएको हो ।

जिल्ला ट्राफिक कार्यालय झापाकाे तथ्याङ्क अनुसार ज्यान गुमाउनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेका छन् । साेही अबधिमा दुर्घटनामा परी एक सय १७ जना घाइते, एक हजार ४२७ जना सामान्य घाइते भएका छन् ।

त्यस अवधिमा एक हजार ४१३ सवारीसाधन दुर्घटना भएकामा त्यसमा सबैभन्दा धेरै आठ सय ७६ मोटरसाइकल, एक सय ६२ टेम्पो, एक सय ४१ जीप कार, ४५ बस, २८ ट्याक्टर, २२ ट्रक, सात टिपर, दुई÷दुई डोजर र माइक्रो तथा सात वटा अन्य सवारीसाधन रहेका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

कार्यालय प्रमुख पौडेलले त्यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४५ हजार ५९४ सवारीसाधन कारबाहीमा परेका बताए। उनका अनुसार कारबाहीबाट तीन करोड चार लाख दुई हजार राजस्व सङ्कलन भएको  जनाए ।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सवारी चालकलाई लक्षित गरी विभिन्न जनचेतना मूलक कार्यक्रम गर्दै आएको छ। नौ महिनामा चार हजार १३४ पटक जनचेतना मूलक कार्यक्रम हुँदा एक लाख ६५ हजार दुई ४९ जना मानिस लाभान्वित भएका कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार