मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१९ भाद्र २०८३, शुक्रबार

झापा / मुटु र मृगौलासम्बन्धी समस्या लिएर उपचारका लागि टाढा–टाढा धाउनुपर्ने बाध्यता अब केही हदसम्म कम हुने भएको छ। झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा भारतको प्रसिद्ध सीके बिरला हस्पिटलका विशेषज्ञ चिकित्सकहरूबाट विशेष स्वास्थ्य सेवा उपलब्ध हुने भएको हो।

अस्पतालका अनुसार असोज २ गते शुक्रबार भारतको सीके बिरला हस्पिटलबाट मुटु तथा मृगौला रोग विशेषज्ञ चिकित्सकहरू भद्रपुर आउने भएका छन्। विशेषज्ञ चिकित्सकबाट मुटु तथा मृगौलासम्बन्धी समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श तथा उपचारसम्बन्धी आवश्यक सुझाव प्रदान गरिनेछ।

मुटुको समस्या सामान्य दुखाइ वा थकान भनेर बेवास्ता गर्दा गम्भीर अवस्था निम्तिन सक्ने भएकाले समयमै विशेषज्ञसँग परामर्श लिनुपर्ने चिकित्सकहरू बताउँछन्। त्यस्तै, मृगौलासम्बन्धी समस्या पनि सुरुवाती चरणमा धेरै स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले नियमित परीक्षण र विशेषज्ञको परामर्श महत्वपूर्ण मानिन्छ।

ओम साई पाथीभरा हस्पिटलले यसपटकको विशेषज्ञ सेवालाई पूर्वी नेपालमै अन्तर्राष्ट्रिय स्तरका विशेषज्ञसँग प्रत्यक्ष परामर्श गर्ने अवसरका रूपमा लिएको जनाएको छ। अस्पतालका अनुसार मुटु रोगतर्फ इको, ईसीजी लगायतका परीक्षण तथा आवश्यक विशेषज्ञ परामर्श र मृगौला रोगतर्फ किड्नीसम्बन्धी जाँच, डायलाइसिस तथा उपचारका विषयमा विशेषज्ञ सेवा उपलब्ध हुनेछ।

भारतमा प्रशिक्षित तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूको सेवा आफ्नै जिल्लामा उपलब्ध हुने भएपछि झापा तथा आसपासका क्षेत्रका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने समय र खर्च घटाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विशेषज्ञ सेवा असोज २ गते शुक्रबार ओम साई पाथीभरा हस्पिटल, भद्रपुर–७, झापामा हुनेछ। सेवा लिन इच्छुक बिरामीले अग्रिम जानकारी तथा समय व्यवस्थापनका लागि ९८५२६२३०४६ मा सम्पर्क गर्न सक्ने अस्पतालले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै