मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

इलामबाट नमस्ते झरना हिँडेको बस दुर्घटना, ६ जना घाइते(नामावलीसहित)

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१६ मंगशिर २०८०, शनिबार

झापा । इलामको माई नगरपालिका–४ स्थित गरुवा आधारभूत विद्यालयबाट धनकुटाको नमस्ते झरनामा वनभोज गएको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आज बिहान १० बजेर १० मिनेटमा कोशी राजमार्गअन्तर्गत धनकुटाको साँघुरीगढी गाउँपालिका १ स्थित कोलबोटे भन्ने ठाउँमा मे १ ख ३३८० नं को बस राजमार्गबाट भित्तामा ठोेक्किएर दुर्घटना भएको धनकुटाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ भने पाँच जना सामान्य घाइते छन् । घाइते हुनेहरुमा माई नगरपालिका ४ बस्ने ३३ वर्षीया शान्ता लिम्बू , सोही ठाउँका४९ वर्षीया पवित्रा राई , १३ वर्षीया सीमा राई , ५७ वर्षीय रामबहादुर मगर , १६ वर्षीया नविका मगर र १६ वर्षीया निश्मा सारु मगर रहेका छन् ।

घाइतेमध्ये शान्ता लिम्बूको टाउकोमा चोट लागेको र अन्यको अबस्था सामान्य रहेको भेडेटार प्रहरी चौकीले जनाएको छ । स्थानीय भेडेटारमा उपचार गरी उनीहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जनाइएको छ । बस नमस्ते झरनामा वनभोजका लागि जाँदै गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार