मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

लागूऔषध खरिद बिक्री गर्ने खरेल एमालेबाट निलम्वित, स्वास्थ्यकर्मी संघले पनि कार्वाही गर्दै

देश प्रदेश डेस्क 5489+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

झापा / लागूऔषध खरिद बक्री गर्ने अभियोग लागेपछि नेकपा एमालेले नगर कमिटी सदस्य भानुभक्त खरेललाई निलम्बन गरेको छ भने  राष्ट्रिय स्वास्थ्यकर्मी संघले पनि उनलाई निलम्बन गर्दैछ ।

नगर कमिटीको आज सम्पन्न बैठकले खरेललाई अनुसन्धान नसकिएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।त्यसैगरि संघको पदाधिकारीको बैठक बसी केही दिनभित्रै उनलाई निलम्बनको कार्वाही गरिने जिल्ला अध्यक्ष भरत खतिवडाले बताए ।

नगर कमिटी अध्यक्ष सुवास भट्टराईद्वारा जारी विज्ञप्तिमा गलत क्रियाकलापमा संलग्न जो कोहीलाई कारवाही हुनु पर्छ भन्ने मान्यता पार्टीको रहेकाले उनलाई निलम्वन गरिएको उल्लेख गरिएकाे छ ।

खरेल एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका उपाध्यक्षसमेत हुन् । गत फागुन २४ गते भएको अधिवेशनबाट उनी उपाध्यक्ष चुनिएका थिए ।

प्रहरीद्वारा खरेलले सञ्चालन गरेको सनलाइट फर्माको गोदाममा ठूलो परिमाणमा लागूऔषध फेला पारेको थियो । घटनालगत्तै खरेल फरार छन् । उनको मोबाइल स्वीचअफ रहेको छ । खरेलको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार