मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

प्रहरीको हतियार एवं नागरिकहलाई लुटपाट गर्ने एक भारतीय सहित छ जना प्रकाउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२४ भाद्र २०८०, आइतबार

रासस

झापा सादा पोशाकमा खटिएका प्रहरीको हतियार  एवं सर्वसाधारण जनतालाई बाटोमा ढुकी लुटपाट गर्ने एक भारतीय सहित छ जनालाई प्रहरीले प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा यसरी पक्राउ पर्नेहरुमा सुनसरी जिल्ला दुहवी नगरपालिका वडा नं ४ का ३२ वर्षिय नसुदिन मियाँ, सोही नगरपालिका वडा नं १ वस्ने ३० वर्षिय मो अलिम मुर्तुजा, भारत घर भई सुनसरीको दुहवी नगरपालिका वडा नं ६ वस्ने ४० वर्षीय मो। आलम,मोरङको वुढीगंगा गाउँपालिकाका वडा न ४ वस्ने ४० वर्षिय रिजवन मियाँ,सोही गाउँपालिका वडा नं ५ का २१ वर्षिय नजरुल मियाँ र सोही वडा बस्ने २५ वर्षिय सिजाम आलम(सिजाम मोवाईल सेन्टरका सञ्चालक)रहेका छन् ।

निजहरुलाई मोरङको वुढीगंगा कोयलपुर क्षेत्रको नहरको सडकमा यही भदौ २२ गते रातिको ११ बजे शंकास्पद रुपमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

निजहरुले लुकाइ छिपाइ रहेको सामानहरुमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल एक थान, कटुवा पेस्तोल एक थान, रड तीन थान, धारिलो हतियार चक्कु दुई थान, पेचकस एक थान, रु एक लाख ७५ हजार २७५ र भारतीय रुपैया ११ हजार ६००, सुनजस्तो देखिने गहना तिलहरि एक थान ,झुम्का दुई जोर, चाँदीको जस्तो देखिने तीन लहरे सिक्री एक थान, पाउजु एक जोर , विभिन्न विदेशी रुपैया र  नेपाली र भारतीय नम्बरको मोटरसाईकल दुई थान रहेको छन् ।
निजहरुले मोरङ र सुनसरीका एकान्त क्षेत्रमा रातीको ११ बजेदेखि विहानको ४ बजेसम्म दैनिक रुपमा लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ। निजहरुले हालसम्म  ११ स्थानमा लुटपाट गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। निजहरुलाई डाँका,  हातहतियार र संगठीत अपराधमा मुद्दा चलाउने प्रहरीले जनाएको छ। निजहरुलाई पक्राउ गर्न सफल भएका १० जना प्रहरी सदस्यहरुलाई आगामी दिनमा पुरस्कृत गर्ने सोही अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार