मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

बहुगुणी ओखर भिजाएर खानुहोस्, स्वास्थ्यमा अनेकौँ फाइदा

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१८ मंगशिर २०८०, सोमबार

झापा । स्वस्थ्य फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ ।

ओखरमा प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फोरस, कपर, सेलेनियम, ओमेगा–३ फ्याट्टी एसिड जस्ता पोषक तत्व पाइन्छन् । तर, ओखरलाई काँचै खानुभन्दा भिजाएर खाँदा त्यसको फाइदा कैयौँ गुणा बढ्छ । राति दुईवटा ओखरलाई भिजाएर राख्ने र बिहान खाली पेटमा खाने गर्दा बढी फाइदा हुन्छ ।

भिजाइएको ओखरले अनेकौँ रोगबाट मुक्त गराउँछ । ब्लड सुगर र मधुमेहबाट बच्नुछ भने भिजेको ओखरले फाइदा गर्छ । ओखरमा भरपूर फाइबर हुन्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । पेट सही राख्न र कब्जियतबाट बच्न फाइबरयुक्त खानेकुराहरू खान जरूरी छ । भिजेको ओखर त्यसका लागि सर्वाधिक उपयुक्त खाद्यपदार्थ हो ।

ओखरमा भएका पोषक तत्वले हाड र दाँत बलियो बनाउँछन् । यसमा भएको अल्फा लिनोलेनिक एसिडले हाडलाई बलियो बनाउँछ । त्यसबाहेक ओखरमा भएको ओमेगा–३ फ्याट्टी एसिडले सुन्निएको पनि ठिक गर्छ ।

ओखरले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ । उच्च रक्तचापको समस्या भएकाहरूलाई ओखर लाभदायक हुन्छ । यसले राम्रो कोलेस्ट्रोल निर्माणमा सहयोग गरेर मुटुलाई फाइदा दिन्छ ।

ओखर खाइरहने व्यक्तिले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर र कोलोरेक्टल क्यान्सर जस्ता गम्भीर रोगको खतरालाई घटाउन सक्छ । यसमा भएको पोलिफेनोल इलागिट्यानिन्सले क्यान्सरविरुद्ध सुरक्षा प्रदान गर्न मद्दत गर्छ ।

अनि ओखर खाँदा हर्मोनसँग जोडिएको क्यान्सरको खतरा पनि कम हुन्छ । यसमा भएको एन्टिअक्सिडेन्टले शरीरमा क्यान्सर सेल बन्न पनि दिँदैन ।

इम्युनिटी बढाउन, तनाव र स्ट्रेस घटाउन, राम्रो निद्रा दिलाउन, तौल घटाउन, पुरुषको प्रजनन क्षमता बढाउन समेत ओखर लाभदायक हुन्छ । -एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार