मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

कचनकवलमा आगलागी हुदाँ दुई वटा घरसहित मोटरसाइकल जलेर नष्ट

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१ मंगशिर २०८०, शुक्रबार

झापा झापाकाे कचनकवलमा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । शुक्रबार बिहान ८.३० बजे कचनकवल- ३ का मनिर मिया र चैतु मियाको घरमा आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए ।

आगलागीबाट २ लाख ४० हजार नगद, एउटा मोटरसाइकल , २ तोला सुन , चाँदी , खाद्यान्न , लत्ताकपडालगायत जलेर नष्ट भएको अध्यक्ष राजवंशीले बताए । स्थानीयवासी र भद्रपुर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । विद्युत् सर्ट भई सो आगलागी भएको जनाइएको छ । हिजो मात्र झापाको दुई ठाउँमा आगलागी भएको थियो ।

दिउँसो २.३० बजे झापा गाउँपालिका-२ सडकवाडीमा राम हेमरमको एक तले कच्ची घरमा बिजुली सर्ट भई आगलागी हुँदा लत्ताकपडा, अन्नपात, काठ र अन्य सरसामान गरी ३ लाख ६० हजार बराबरको क्षति भएको थियो ।

त्यस्तै हिजो दिउँसो १.१० बजे बुद्धशान्ति ३ गैरीगाउँ सुब्बा टोलमा मनबहादुर आङदम्बेको घरनजिकै खेतमा राखिएको परालको कुन्यू र धानको कुन्यूमा आगलागी हुँदा एक लाख पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै