मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

युवा संघ भद्रपुर नगर कमिटीले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण

देश प्रदेश डेस्क 5487+ समाचार ( )
७ वैशाख २०८२, आइतबार
झापा । करिब ६ लाख रुपैयाँको लागतमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । भद्रपुर–१० हिरादेवी दर्जीको लागि निर्माण गरिएको घर दर्जीको स्वर्गारोहण भएपछि उनका छोरा घनश्याम दर्जीलाई शनिबार हस्तान्तरण गरिएको हाे ।

राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीका अध्यक्ष दीपक बुढाथोकीको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङदेम्बेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमालेका कोशी प्रदेश कमिटीका सचिवालय सदस्य वसन्त बानियाँ , , कोशी प्रदेश कमिटी सदस्य तथा भद्रपुर इन्चार्ज घनश्याम अधिकारी , कोशी प्रदेश कमिटी सदस्य शिव राजभण्डारी , जिल्ला कमिटी अध्यक्ष प्रेम गिरी , जिल्ला कमिटी उपाध्यक्ष शिव ढुङ्गेल, जिल्ला कमिटी सचिव तुलसी कार्की , उपसचिव असारु राजवंशी, उपसचिव अनिता कन्दङवालगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो । राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले दुई वर्षअघि पनि भद्रपुरको गौरीशंकर टोलमा दयनीय अवस्थामा जीवन बिताइरहेका वृद्धवृद्धालाई घर निर्माण गरिदिएको नगर सचिव पशुपति खतिवडाले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै