मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित

भेषराज नेपाल 156+ समाचार ( )
१२ अशोज २०८३, सोमबार

झापा / लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। पछिल्लो चार दिनमा विपद्का घटनामा परी कम्तीमा २१ जनाको मृत्यु, पाँच जना बेपत्ता र पाँच जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकले देखाएको छ।

प्राधिकरणका अनुसार बाढी, पहिरो तथा डुबानबाट ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। विपद्का कारण करिब २ हजार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। प्रभावित तथा उद्धार गरिएका नागरिकका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा खाना, बसोबास तथा राहतको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

विपद्का कारण १४३ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ वटा घरमा आंशिक क्षति पुगेको छ। बाढी र पहिरोका कारण सडक तथा यातायात सेवा प्रभावित भएका छन् भने विभिन्न स्थानमा पुल, सरकारी संरचना र पशुधनमा समेत क्षति पुगेको छ।

बागलुङ, पर्वत, मनाङ, नवलपरासी पूर्व, चितवन, पाल्पा, म्याग्दी र धनुषालगायत जिल्लामा बाढी, पहिरो तथा डुबानको प्रभाव देखिएको छ। कालीगण्डकी, मर्स्याङ्दी र नारायणी नदीको बहाव बढेपछि नदी आसपासका बस्तीमा कटान र डुबानको जोखिमसमेत बढेको छ।

गण्डकी प्रदेशमा मात्रै प्रारम्भिक प्रहरी विवरणअनुसार ११ जनाको मृत्यु, चार जना घाइते र चार जना बेपत्ता भएका छन्। प्रदेशका विभिन्न जिल्लामा १७९ घर पूर्ण र २६ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने थप २७० घर जोखिममा परेका छन्। गण्डकीमा मात्रै १६२ परिवारका ५४० जना विस्थापित भएका छन्।

नवलपरासी पूर्वमा मात्रै डुबानका कारण १५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १४८ घर जोखिममा परेका छन्। त्यहाँ १६२ परिवारका ६१३ जना विस्थापित भएको प्रारम्भिक विवरण छ। स्याङ्जामा पनि १३ घर पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै २३ परिवारका ७२ जना विस्थापित भएका छन्।

यसैबीच बाढी तथा पहिरोको सम्भावित जोखिममा रहेका क्षेत्रमा उद्धार र राहतको काम जारी छ। जल तथा मौसमजन्य जोखिम कायमै रहेकाले नदी तथा खोलाको किनार, पहिरोको जोखिम भएका बस्ती र कमजोर संरचना आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत विवरण संकलनको काम अझै जारी रहेकाले मृतक, बेपत्ता, विस्थापित तथा भौतिक क्षतिको संख्या थप बढ्न सक्ने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै