मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

एक करोड रुपैयाँभन्दा बढीको सुन–चाँदी र नगदसहित तीनजना पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

झापा । एक करोड रुपैयाँभन्दा बढीको सुन, चाँदी, नगद तथा अन्य सामानहरूसहित कैलालीको भजनी नगरपालिका–५, कौवाखेडा सीमा इलाकाबाट  तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनार रहेकाे सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीले जनाएकाे छ ।

शनिबार साँझ सामानहरूसहित उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले नियन्त्रणमा लिएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई  शङ्का लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० रुपैयाँ बराबरको आठ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५  भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाँकुडासहित नियन्त्रणमा लिएको उनले जनाए । उल्लेखित सामानको श्रोत नखुलेपछि नियन्त्रणमा लिइ बरामद सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार