मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |
मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |


भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ७९ सुरक्षाकर्मी सम्पर्कविहीन

भेषराज नेपाल 149+ समाचार ( )
१० भाद्र २०८३, बुधवार

झापा / रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ। बाढीले रसुवासहित नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

पछिल्लो विवरणअनुसार बाढीमा परी रसुवामा १, नुवाकोटमा ११, धादिङमा ९ र चितवनमा १ गरी २२ जनाको मृत्यु भएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

बाढीले सर्वसाधारणसँगै सुरक्षाकर्मीका पोस्ट तथा कार्यालयमा समेत ठूलो क्षति पुर्‍याएको छ। सरकारका तर्फबाट प्रतिनिधिसभामा जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको बताएका छन्। उनका अनुसार टिमुरे र मैलुङमा कार्यरत नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २६ जना र सशस्त्र प्रहरीका ९ जना सम्पर्कविहीन छन्।

यसअघि नेपाल प्रहरीतर्फ ३२ जना र सशस्त्र प्रहरीतर्फ ९ जना गरी ४१ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको थियो। पछि सरकारी विवरणमा नेपाली सेनाका ४४ जनासहित कुल ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको जानकारी आएको हो।

सशस्त्र प्रहरीतर्फ भने संख्या पनि क्रमशः बढेको देखिएको छ। रातोपाटीले पछिल्लो अपडेटमा रसुवागढीमा कार्यरत ९ जना र मैलुङमा कार्यरत ४ जना गरी १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको जनाएको छ। यसले प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको अवस्थाबारे विवरण संकलन र सम्पर्क प्रयास अझै जारी रहेको देखाउँछ।

बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा ठूलो क्षति पुगेको छ। टिमुरे बजारका अधिकांश संरचना बाढीले बगाएको छ। रसुवागढी तथा आसपासका सुरक्षा पोस्टमा समेत बाढी पसेपछि त्यहाँ कार्यरत सुरक्षाकर्मीको अवस्थाबारे तत्काल जानकारी लिन कठिन भएको छ।

बाढी नुवाकोट हुँदै धादिङ र चितवनतर्फ समेत पुगेको छ। बेत्रावती, त्रिशूली, बट्टार, देवीघाटलगायतका क्षेत्रमा नदीको बहाव बढ्दा घर, सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा क्षति पुगेको छ। तल्लो तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

सरकारले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालन भएका छन्। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम पनि भइरहेको छ।

उद्धारका लागि हेलिकोप्टरसमेत परिचालन गरिएको छ। नेपाली सेना र निजी क्षेत्रका गरी १३ वटा हेलिकोप्टर प्रयोगमा ल्याइएको सरकारले जनाएको छ। घाइतेहरूको सरकारी अस्पताल तथा तोकिएका स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गरिएको छ।

बाढीको प्रारम्भिक कारणबारे सरकारले बिहान गएको भूकम्प र त्यसपछि आएको हिमपहिरोसँग सम्बन्धित हुनसक्ने अनुमान गरेको छ। यद्यपि घटनाको वास्तविक कारणबारे थप अध्ययन हुन बाँकी छ। बाढीका कारण सडक, पुल, जलविद्युत्, सञ्चार तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।

अहिले पनि प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शवको पहिचान र उद्धार कार्य जारी छ। सम्पर्कविहीन सर्वसाधारण तथा सुरक्षाकर्मीको संख्या र मृतकको विवरण खोज तथा उद्धारको प्रगतिको आधारमा थप परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार