मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

जेनजी आन्दोलनपछि ओली झापा आउँदै

देश प्रदेश डेस्क 5486+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

 जेनजी आन्दोलनपछि स्थान हद फुकुवा भएर पहिलो पटक एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली गृहजिल्ला झापा आउँदैछन् । उनी यही माघ ५ गते झापा आउन लागेका हुन् । गत पुष २१ गते ओलीको स्थान हद फुकुवा भएको थियो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो । ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो । जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछ गर्न उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णय गरिएको थियो ।

करिव चार महिनापछि कार्यकर्तासंग भेटघाट गर्न र चुनावी माहौल बनाउन उनी गृहनगर दमक आउन लागेको पार्टी कार्यालयले जनाएको छ । ओलीले झापा ५ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिने भएका छन् ।माघ ६ गते उम्मेद्वारी दर्ता रहेको छ । उनी त्यसकै लागि आउन लागेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार