मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

पाँचथरको फिदिममा पिकअप गाडी दुर्घटना हुँदा ६ जना घाइते

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१८ कार्तिक २०८१, आइतबार

               साङ्केतिक तस्वीर      झापा / पाँचथरको फिदिममा पिकअप गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आज बिहान ६ः०५बजेको समयमा फिदिम नगरपालिका वडा नं. ४ डब्लु हाउसस्थित मेची राजमार्गमा पाँचथर च्याङ्थापुबाट इलामतर्फ आउँदै गरेको पाँचथर याङवरक १ बस्ने २६ वर्षीय सुबास गुरुङले चलाएको प्र.१–०१–००१ च ७७८२ नं. को डब्बल क्याप पिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० फिट तल झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा पाँचथर याङ्वरक १ च्याङ्थापु बिरुवा बस्ने वर्ष ३ की सलक्षना राई ( टाउकोमा सामान्य चोट, अवस्था सामान्य) , सोही ठाउँ बस्ने वर्ष २० की सृष्टि राई ( नाकमा सामान्य चोट बाहिरी चोट नदेखिएको, अवस्था सामान्य) ,वर्ष ५४ का सन्तोष राई ( जिउ सामान्य दुखेको बाहिरी चोट नदेखिएको ,अवस्था सामान्य), ४४ की बिना राई (जिउ दुखेको बाहिरी चोट नदेखिएको, अवस्था सामान्य) , बर्ष २७ का सन्देश बेघा( अनुहारमा सामान्य चोट, अवस्था सामान्य) र बर्ष २५ की संगिता राई ( जिउ दुखेको, अवस्था सामान्य ) रहेका छन् ।

घाइतेहरुलाई उद्दार गरी जिल्ला अस्पताल पाँचथर ल्याई उपचार भैरहेको र सवारीसाधन घटनास्थलमै रहेकोले निकाल्ने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार