मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

काँकडभिट्टा–पानीटंकी सीमा नाकाबाट भारत लैजाँदै गरेका तीन बालकको उद्धार

देश प्रदेश डेस्क 5197+ समाचार ( )
२ अशोज २०८०, मङ्गलबार

झापा । झापाको काँकडभिट्टा–पानीटंकी नाकाबाट तीन नेपाली बालकको उद्धार गरिएको छ । अपरिचित व्यक्तिले ललाईफकाई भारत लैजाँदै गरेका ती बालकहरूलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ । 

उद्धार गरिएका बालकहरू मेचीनगर नगरपालिका– १० स्थित धुलाबारी पाथीभरा टोलका १५ वर्षीय विशाल दनुवार, सोही ठाउँका १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी दिनेश कटुवालले जानकारी दिए । 

बालकहरूलाई भारततर्फ लगिरहेको सूचना पाएलगतै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले तत्काल भारतीय एसएसबीसँग समन्वय गरेका थिए । 

एसएसबीले उद्धार गरेका बालकहरूलाई सोमबार राती साढे ८ बजे सशस्त्रलाई जिम्मा लगाएको डीएसपी कटुवालले बताए । त्यसपछि बालकहरूलाई आआफ्नो अभिभावकको जिम्मा लगाउन भनी विश्व सेवा विस्तार संस्थाका प्रतिनिधिलाई बुझाइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार