मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

भद्रपुरबाट हराएकी बालिका मृत फेला

देश प्रदेश डेस्क 5476+ समाचार ( )
११ भाद्र २०८०, सोमबार

भद्रपुर भद्रपुरबाट एकाएक गायब भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । भद्रपुर नगरपालिका- ९ प्रकाशपुर निवासी सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला मृत अवस्थामा फेला परेको स्थानीयले जनाएका छन् ।

उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको हो । घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिर आमाबुबाले छोरी निर्जलालाई सँगै भजन सुन्न लगेकी थिइन । मन्दिरभित्र आमाबुबा भजन सुनिरहेको बेला निर्जला बाहिर खेल्दै थिइन । मन्दिरबाहिर खेल्दाखेल्दै बालिका सोमबार दिउँसो साढे १२ बजे एकाएक हराएकी थिइन । बालिकालाई कसैले लगेको भन्दै स्थानीयले होहल्ला गर्दै खोजी सुरु गरेका थिए ।

बालिका हराएको भन्दै सामाजिक सञ्जालमा उनको तस्बिर समेत भाइरल बनेको थियो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापालाई समेत  खबर गरिएको थियो । बालिकाको खोजी गर्ने क्रममा साढे ३ घण्टापछि मन्दिर अगाडीको नालामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार