मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |
मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |


रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन

भेषराज नेपाल 149+ समाचार ( )
१६ भाद्र २०८३, मङ्गलबार

झापा / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मानवीय क्षतिसँगै जिल्लाको शैक्षिक क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवाका २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन भएका छन् भने विद्यालय भवनहरू बग्नुका साथै पठनपाठनसमेत प्रभावित भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयबाट संकलित प्रारम्भिक विवरणअनुसार रसुवा, नुवाकोट र धादिङमा गरी १६ विद्यालयमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। ती मध्ये रसुवाका ४ विद्यालयमा पूर्ण क्षति भएको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ। बाढीले गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय तथा उत्तरगया गाउँपालिकाका चिप्लेटी आधारभूत विद्यालय, मोर्डन ट्रिनिटी बोर्डिङ र मालिकादेवी आधारभूत विद्यालय पूर्ण रूपमा बगाएको छ।

रसुवाको उत्तरगया गाउँपालिकास्थित निलकण्ठ माध्यमिक विद्यालयका करिब २ सय विद्यार्थी र चार शिक्षक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। त्यस्तै गोसाइँकुण्ड गाउँपालिकाको कोमीश्यामेवाङफेल माध्यमिक विद्यालयका १६ विद्यार्थी र एक शिक्षकलाई बाढीले बगाएको मन्त्रालयको विवरणमा उल्लेख छ।

यसैगरी गोसाइँकुण्डस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत १ सय ९ विद्यार्थीमध्ये विद्यालयका शिक्षकसमेत सम्पर्कविहीन भएको विवरण आएको छ। विद्यालयमा कार्यरत १० शिक्षकमध्ये तीन जना मात्रै सम्पर्कमा रहेको जनाइएको छ।

विद्यालयमा भएको क्षतिको प्रारम्भिक विवरण भने समयअनुसार परिवर्तन भइरहेको छ। यसअघि मन्त्रालयले रसुवामा पाँच तथा अर्को प्रारम्भिक विवरणमा छ विद्यालय प्रभावित भएको जनाएको थियो। पछिल्लो संकलित विवरणमा भने रसुवाका चार विद्यालय पूर्ण तथा आंशिक क्षतिमा परेको उल्लेख छ। विद्युत्, सञ्चार र सडक सम्पर्क अवरुद्ध हुँदा प्रभावित क्षेत्रबाट विद्यालयगत यकिन विवरण संकलन गर्न कठिन भइरहेको छ।

यसैबीच, तीन जिल्लामा बाढीबाट प्रभावित बालबालिकाको संख्या हजारौं पुगेको छ। युनिसेफले रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा करिब १७ हजार बालबालिका तत्काल मानवीय सहयोगको आवश्यकता पर्ने अवस्थामा रहेको जनाएको छ। शिक्षा मन्त्रालयको प्रारम्भिक तथ्यांक भने त्यसको तुलनामा कम छ, जसले प्रभावित विद्यार्थीको वास्तविक संख्या अझै यकिन भइनसकेको देखाउँछ।

बाढीले विद्यालय भवन, कक्षाकोठा, छात्रावास र शैक्षिक सामग्रीमा क्षति पुर्‍याएपछि प्रभावित बालबालिकाको पढाइसमेत अन्योलमा परेको छ। कतिपय विद्यालयमा लेदो, बालुवा र माटो थुप्रिएको छ भने केही विद्यालयको भवन नै बाढीले बगाएको छ।

सरकारले प्रभावित विद्यालयको विस्तृत विवरण संकलन, उद्धार तथा राहतपछि अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन निरन्तरता दिने तयारी गरिरहेको छ। तर ठूलो संख्यामा विद्यार्थी सम्पर्कविहीन रहेको र कतिपय विद्यालयको अस्तित्व नै नरहेको अवस्थामा रसुवाका बालबालिकाको पढाइ सामान्य अवस्थामा फर्काउन चुनौती देखिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार