मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

२१ लाख नगदसहित हुन्डी कारोबार गर्ने आरोपी पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२१ चैत्र २०८१, बिहीबार

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंको महाबौद्धबाट एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२७ स्थित महाबौद्धबाट भारतको सुजा-३ जोगिन्दर नगर घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्दै आएकी तिब्बती मूलकी २६ वर्षीया रिक्से वाङ्मो पक्राउ परेकी हुन् ।

उनको साथबाट प्रहरीले २० लाख ९२ हजार रुपैयाँ नगद र एउटा आइफोन बरामद भएको प्रहरीले जनाएको छ ।

हुन्डी कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले वाङ्मोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका वाङ्मोलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार