मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |
मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |


बिर्तामोड २ चैतुवारीका पौडेल करोडौँ ठगी गरी फरार

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

झापा । झापा बिर्तामोड २ चैतुवारीका एकजना व्यवसायी करोडौँ रकम ठगी गरी फरार भएका छन् ।

चैतुवारी बजारमा पूजा सामग्रीको पसल संचालन गर्दै आएका बिर्तामोड २ कै ३३ वर्षीय घनश्याम पौडेल स्थानीयहरुको ५ करोडभन्दा बढी रकम ठगी गरी फरार भएका हुन् । विगत एक वर्षदेखि फरार रहेका पौडेलविरुद्ध पीडितहरुले मुद्धा दायर गरेपनि उनी विगत एक वर्षदेखि भेटिएका छैनन् ।

५३ जना पीडितहरुले आफूहरुको ३ करोड ७१ लाख रुपैयाँ ठगी गरेको भन्दै पौडेलले लगेको रकमको सूची नै सार्वजनिक गरेका छन् । आफ्नो मात्र ७५ लाख रुपैयाँ ठगी गरेको पूर्व गाविस सचिव रहेका चैतुवारीका हरिप्रसाद श्रेष्ठले बताए । उनलाई पौडेलले ५५ लाखको बाउन्स चेक दिएका थिए । रकम बिनाको ५५ लाखको चेक बाउन्सको उनले मुद्धा दिएका छन् । त्यस्तै चेतुवारीकै दिलिप राजवंशीको पनि ७५ लाख रुपैयाँ पौडेलले ठगी गरेका छन् । आफूलाई पनि बाउन्स चेक दिएर ७५ लाख रुपैयाँ ठगी गरी पौडेल फरार भएको राजवंशीले बताए । उनले आफूले पनि चेक बाउन्सको मुद्धा दायर गर्न लागेको जानकारी दिए । स्थानीयहरुसंग चर्को मिटर व्याजमा रकम लिएर उनले त्यति धेरै रकम ठगी गरेको बुझिएको छ । मिटर व्याजमा ऋण लिएर त्यसवापत उनले ऋणीहरुलाई बाउन्स चेक दिएको खुलेको हो ।

कतिपयसंग उनले सापट लिएका थिए । छरछिमेकदेखि नातागोतासम्मलाई उनले ठगी गरेको बताइएको छ । चैतुवारीमै घरपरिवार भएका पौडेललाई गत वर्ष पक्राउ गरी पीडितहरुले दुई पटक इलाका प्रहरी कार्यालय बिर्तामोडमा पुर्याएका थिए । तर, त्यस बेलाका डीएसपी रुगमबहादुर कुँवरले कार्वाही नगरी छाडिदिएको पूर्व गाविस सचिव श्रेष्ठले गुनासो गरे । उनका अनुसार पौडेल बेपत्ता छन् भने घरमा रहेका श्रीमती र परिवारका अन्य सदस्यले आफूहरुलाई केही पनि थाहा नभएको बताउँदै आएका छन् । प्रहरीले पौडेलको खोजी कार्यका लागि तदारुकता नदेखाउँदा आफूहरु पीडित बनेको श्रेष्ठले बताए । चेक बाउन्सको कसूरमा खासै सजाय नहुने भएपछि अदालती प्रक्रियामा पीडितहरु नगएको अर्का पीडित दिलिप राजवंशीले बताए । उनीहरुले पौडेललाई नेपालभित्र कहीकतै देखेमा वा फेला पारेमा प्रहरीलाई जानकारी दिन सार्वजनिक अपिल गरेका छन् । पौडेलले ठगी गरेका पीडित र उनीहरुको रकम निम्न अनुसार रहेको छ ।
१.गुणराज अर्याल – १५०००००
२.हरिप्रसाद श्रेष्ठ – ७५०००००
३. दिलिप राजवंशी – ७५०००००
४. भवानी पकुवाल – ४५००००
५. किरण राजवंशी – २४०००००
६. नेत्र प्रसाई – ११०००००
७. रोजिना पकुवाल – १०००००
८. रोशन पकुवाल – १०००००
९. टिका प्रसाई – ५०००००
१०.टिका प्रसाई २ –३०००००
११.सुष्मा राजवंशी –२०००००
१२.सूर्यप्रसाद राजवंशी–१०००००
१३.पारस भट्टराई – ६,१९०००
१४. भवानी अधिकारी–४०००००
१५. टोम राजवंशी – ४०००००
१६.पुष्पलाल राजवंशी –४५००००
१७.होमनाथ शिवाकोटी–४९००००
१८. खगेन्द्र थपलिया – १८००००

१९. चुडामणी थपलिया– १०००००
२०.निम राजवंशी – ४०००००
२१. टिकादेवी काफ्ले – ६५००००
२२. इन्दु सिलवाल – ५००००
२३. गणेश उप्रेती – ३०००००
२४. राजेन्द्र श्रेष्ठ(जंगबहादुर)– ३५००००
२५. पुरुषोत्तम न्यौपाने – १५००००
२६. अशोक पण्डित – ४०००००
२७. पूजा पण्डित – १०००००
२८. रमेश खरेल – ७०००००
२९.राजेन्द्र खरेल – ४५००००
३०. विजयकुमार गोस्वामी–१४००००
३१. कमल गोस्वामी– ५००००
३२. गायत्री काफ्ले – ४०००००
३३. माधव भण्डारी – ५००००
३४.नरेन्द्र भण्डारी – २५००००
३५.घनश्याम गौतम– २०००००
३६.गोपाल दाहाल – २०००००
३७. नवराज नेपाल – २०००००
३८. प्रयास गिरी – ५००००
३९. पारस संग्रौला – ११५००००
४०. देवीमाया सुवेदी– १०००००
४१. पर्शुराम निरौला – २०००००
४२. चन्द्रप्रसाद सिलवाल–२०००००
४३. राजेश राजवंशी – ५०००००
४४. विक्रम राजवंशी – २०००००
४५. बसन्त पौडेल –२४०००००
४६. रोशन पौडेल(ऋषिराम)–७०००००
४७ तुलसा मैनाली – ४०००००
४८. युवराज मैनाली – १५००००
४९. सुमन चिमरीया – ५०००००
५०. अजय गोस्वामी – ३००००
५१.जगत राजवंशी – ५००००
५२. शिव प्रसाई – ७००००
५३. खगेन्द्र न्यौपाने – ६०००००
जम्मा – ३,७१,७९,०००

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार