मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

बाढीपहिरामा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२८ आषाढ २०८१, शुक्रबार

झापा अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरीका  अनुसार बाढी, पहिरोलगायत विपदमा परी काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा छ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना गरी एक सय तीन जनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय नौ जना घाइते भएका छन् ।

कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ जना गरी ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी छ जना बेपत्ता भएका छन् । वेपत्ताको खोजी जारी छ ।

बाढीका कारण एक सय ८२ घर डुबानमा परेका छन् । एक सय ८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ४७ परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार