मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

हल्दीबारीका पूर्व उपाध्यक्ष गिरी विरुद्ध जातीय भेदभाव कसुरमा उजुरी दर्ता

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२८ चैत्र २०८०, बुधवार

झापा नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवम् जिल्ला समन्वय समितिका पूर्व प्रमुख सोमनाथ पोर्तेलले आफूमाथि जातीय विभेद भएको भन्दै उजुरी दिएका छन् । अग्रज दलित अभियान्ता समेत रहेका पोर्तेलले हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी विरुद्ध उजुरी दिएका हुन् ।

गिरी विरुद्ध पोर्तेलले आज इलाका प्रहरी कार्यालय अनारमनीमा जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ अनुसार उजुरी दिएको बताए ।

घटना विवरण अनुसार गत १८ चैतमा पोर्तेलको नम्बरमा फोन गरेर गिरीले अपशब्द प्रयोग गर्दै ‘कामी, डांग्री’ भनेका थिए । एमालेका नेतासमेत रहेका पोर्तेललाई पार्टीको विषयमा गिरीले जातीय विभेद हुने गरी गालीगलौज गरेर फोनमा कुरा गरेको रेकर्ड इप्रकालाई पेनड्राइभमा बुझाइएको छ ।

‘पार्टीको बैठकका सन्दर्भमा उहाँले मलाई कल गर्नुभयो । म अर्को फोनमा भएकाले उठाउन सकिन । पछि कलब्याक गर्दा ममाथि विभेद हुने शब्द प्रयोग गर्दै गालीगलौज भर्नुभयो,’ पोर्तेलले भने, ‘जातीय विभेदविरुद्ध लामो समय लडियो । आज आफैँ विभेदको सिकार हुन पुगियो । अहिले त्यसको विरुद्ध लड्दै छु ।’

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले विभेदबारे जानकारी आएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । आरोपित गिरीले भने हल्दिबारीमा भएको एमालेको बैठकमा एमाले केन्द्रीय सदस्य दीपक कार्कीले आफूमाथि अनावश्यक टिप्पणी गरेका कारण आक्रोशित भएर गालीगलौज गर्न पुगेको स्वीकार गरे ।

‘हल्दिबारीको एमालेको बैठकमा गएर मेरो भूगोलमा पुगेर मविरुद्ध चरित्र हत्या हुने निजी विषयका कुरा दीपक कार्कीले गर्नुभएछ । मैले किन यस्तो भयो भनेर बुझ्न उहाँ (दीपक कार्की)लाई कल गरेँ । उहाँले उठाउनुभएन । म नेकपा एमालेसँग छैन अहिले । किन मेरो विषयमा कुरा उठाइयो ?,’ गिरीले भने, ‘दीपक कार्की र सोम पोर्तेल एउटै गाडीमा हुनुहुन्थ्यो । त्यही भएर सम्पर्क गरेँ । म पार्टी छाडेर व्यापार–व्यवसाय गरेको मान्छेलाई किन त्यसरी कुरा उठाएको भन्दा उहाँ (सोम पोर्तेल)ले पार्टी छाडेकोलाई के मतलब भनेजस्तो कुरा गर्नुभयो । त्यो क्रममा आवेगमा आएर भनेको हो । प्रत्यक्ष भेटघाटमा भनेको होइन । नियत राखेर त्यस्तो कुराकानी भएको होइन । सबै आवेगमा भएको हो ।’

एमालेबाटै उपाध्यक्ष बनेका गिरी अध्यक्षमा पराजित भएसँगै पार्टी र कतिपय नेताहरुसँग रुष्ट भएका थिए । सामाजिक सञ्जालमा समेत एमाले नेताहरु विरुद्ध टिकाटिप्पणी गर्दै आएका गिरी कहिले माधव नेपालको नेकपा समाजवादी, कहिले रास्वपाको समर्थनमा खुल्दै आएका छन् ।

अध्यक्षमा पराजित भएपछि उनी बिर्तामोडमा होटल व्यवसाय गर्दै बसिरहेका छन् । इजलासबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार