मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

बिर्तामोडमा वरिष्ठ बालरोग विशेषज्ञ डा. रबिन रेग्मीको विशेष स्वास्थ्य सेवा सुरु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
११ आषाढ २०८३, बिहीबार

झापा   बालबालिकाको स्वास्थ्य र चौतर्फी विकासलाई प्राथमिकता दिँदै वरिष्ठ बालरोग विशेषज्ञ डा. रबिन रेग्मीले झापाको बिर्तामोड–१ मा आधुनिक तथा वैज्ञानिक पद्धतिको बालस्वास्थ्य सेवा सुरु गरेका छन् । ‘भीडभाडमा हतारको उपचार होइन, पर्याप्त परामर्श र आत्मीय वातावरण’ भन्ने मूल नाराका बुधबारबाट यो विशेष सेवा सञ्चालनमा ल्याइएको हो । बिर्तामोड पश्चिम बस स्टेण्ड उत्तर मुख्य सडकमा रहेको निसा कम्प्लेक्सको दोस्रो तलामा यो सेवा रहेको छ ।

अभिभावक र शिशुको सबल स्वास्थ्यलाई केन्द्रमा राखेर सुरु गरिएको यस सेवामा परम्परागत उपचार पद्धतिभन्दा फरक, प्रतिकारात्मक स्वास्थ्य आयामलाई अगाडि सारिएको छ । यस अन्तर्गत क्लिनिकमा आउने प्रत्येक बालबालिकाको शारीरिक तथा मानसिक विकासको समग्र मूल्याङ्कन गरिने डाक्टर रेग्मीले बताए ।
बालबालिकाको उमेर अनुसारको वृद्धि विकास मापन गर्न विशेष ग्रोथ चार्ट र डाइटिसियन (पोषणविद्) सेवा उपलब्ध गराइएको उनले जानकारी दिए ।
चिकित्सकले हतार नगरी प्रत्येक बालबालिका र अभिभावकलाई पर्याप्त समय दिएर काउन्सिलिङ गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।
आधुनिक र प्रतिष्ठित प्रविधिको प्रयोग गरी पूर्ण वैज्ञानिक विश्लेषणका साथ बालस्वास्थ्य सम्बन्धी समस्याहरूको तत्काल र सही समाधान खोजिने उनले जनाए । उपचार सवै डिजिटल प्रविधिबाट गरिने उनले बताए । बच्चा जन्मनु अघि र पछिका विषयमा परामर्श गरी स्तनपानको समेत सुविधा रहेको उनले जनाए ।  परीक्षण गर्ने उपकरणहरु अन्य अस्पताल सरह नै रहेको उनको भनाइ छ ।
 नेपालकै अग्रणी र सुलभ दरमा, बालबालिकाहरू अस्पताल वा क्लिनिकको नाम सुन्दा डराउने वातावरणमुक्त, आत्मीय र पारिवारिक माहौलमा उपचार गरिने उनको भनाइ छ । नाफामुखी भन्दापनि सेवामुखी मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
बालबालिकाको आत्मविश्वास बढाउँदै उनीहरूको चौतर्फी शारीरिक र मानसिक विकासमा टेवा पु¥याउने उद्देश्य राखिएको यो विशेषज्ञ सेवा प्रत्येक दिन बिहान र बेलुका उपलब्ध हुने जनाइएको छ । झापा तथा आसपासका अभिभावकहरूले आफ्नो समय अनुकूल मिलाएर बालरोग विशेषज्ञ डा. रेग्मीबाट भरपर्दो परामर्श र उपचार लिन सक्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै