मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

चारआलीमा भ्याट छली गरिएको भारतीय बोलेरोसहित भुईकटर बरामद

देश प्रदेश डेस्क 5489+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

झापाको मेचीनगर नगरपालिका–१३ चारआली चौकस्थित ट्राफिक पोष्ट अगाडि भ्याट छली गरेर ल्याइएको भुईकटरसहित बोलेरो पिकअप गाडी बरामद गरिएको छ।

२०७२ साउन ४ गते राति ९:३० बजे इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले WB73E5775 नम्बरको भारतीय बोलेरो पिकअप सवारीसाधनलाई बेबारिसे अवस्थामा फेला पारेको हो।

सवारी चेकजाँचको क्रममा उक्त गाडीको पछाडिको डालामा लुकाईछिपाई राखिएको २,४०० के.जि. तौल बराबरको भुईकटर बरामद गरिएको छ। प्रहरीले सो गाडीमा राखिएको समानको आवश्यक कागजात माग्दा नपाईएको र भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरी मापदण्ड विपरीत भ्याट छली गरेर सामान ओसारपसार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

बरामद गरिएको बोलेरो पिकअपको अनुमानित मूल्य रु. १५,००,००० (पन्ध्र लाख रुपैयाँ) रहेको छ भने गाडीमा लोड गरिएको भुईकटरको मूल्य रु. १,२७,५८४ (एक लाख सत्ताई हजार दुई सय चौरासी) बराबर रहेको छ। यसरी, गाडीसहित जम्मा रु. १६,२७,५८४ मूल्य बराबरको भ्याट छली गरिएको सामग्री बरामद गरिएको हो।

उक्त घटनाबारे स्थानियबासीको रोहवरमा आवश्यक प्रक्रिया पुर्‍याई सामान र गाडीसहित आन्तरिक राजस्व कार्यालय, ईटहरी, सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार