मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

निर्माण कम्पनीको कारण बिर्तामोड–भद्रपुर सडक अलपत्र, जनतालाई सास्ती

देश प्रदेश डेस्क 5489+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

झापा । झापाकाे सदर मुकाम चन्द्रगढी जाेड्ने विर्तामाेड- भद्रपुर सडक ठेकेदारले निर्माणमा ढिलासुस्ति गरेकाे कारण दैनिक याे बाटाे भएर यात्रा गर्ने यात्रुले सास्ती भाेग्नु परेकाे छ ।

म्यादभित्र काम सम्पन्न गर्न नसकी थप म्याद पाएको ठेकेदार कम्पनीले बिर्तामोड– भद्रपुर सडकखण्डको निर्माणमा अझै ढिलासुस्ती गर्दै आएको छ ।

पटक पटक स्पष्टीकरण सोधिएपनि बिर्तामोड– भद्रपुर सडक खण्ड निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनी काठमाडौँको कन्टेक प्रा.लिले बेवास्ता गर्दै आएको हो । सम्झौताको म्याद सकिएर थप म्याद पाउँदासमेत ठेकेदार कम्पनीले मात्र ३० प्रतिशत काम पूरा गरेको छ । बिर्तामोड–भद्रपुर सडकअन्तर्गत गरामनी–चन्द्रगढी खण्डको ८ दशमलव ४१ किलोमिटर सडक निर्माणको ठेक्का सो कम्पनीले लिएको छ । २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले साउन ५ सम्म काम सम्पन्न गर्नुपर्ने उल्लेख थियो । उक्त म्यादभित्र काम पूरा गर्न नसकेपछि आगामी फागुन ५ सम्म म्याद थप गरिएको छ । ३० महिनामा ३० प्रतिशत काम पूरा गर्न नसकेको ठेकेदार कम्पनीले थपिएको ७ महिनाको म्यादमा ७० प्रतिशत काम सक्ने देखिँदैन । किनकि म्याद थपेर ठेकेदार कम्पनी चुप लागेर बसेको छ । अहिले सडक निर्माणको काम रोकिएको छ ।

ठेकेदार कम्पनीले शुरुदेखि नै काममा ढिलाइ गरिरहेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए । बर्खा यामका कारण काम गर्न समस्या हुने भएकाले अहिले काम रोकिएको हुनसक्ने बताउँदै उनले असोज १५ देखि काम सुचारु गर्न लगाउने जानकारी दिए । सो ठेकेदार कम्पनीले गरेको लापरबाहीका कारण गत वर्ष बजेट फ्रिज भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । ‘ठेकेदारले देउनियाँ –चन्द्रगढी सडक खण्ड छोएकै छैन ’ डिभिजन प्रमुख पौडेलले भने,‘ देउनियाँ–गरामनी सडक खण्डमा पनि सानो भागमा मात्र सवबेसको काम भएको छ , बेसको काम थालेकै छैन , कालोपत्रे कहिले गर्ने हो ?’ उनले देउनियाँ –चन्द्रगढी सडक खण्डमा वाल बनाउने ,नाला बनाउने, माटो भर्ने काम सुरु नै नभएको बताए ।

उक्त सडक भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । अहिलेसम्म करिब १८ करोड रुपैयाँ भुक्तानी दिइसकेको डिभिजन प्रमुख पौडेलले बताए । गरेको कामको भुक्तानी नपाएका कारण काम रोकेको ठेकेदारले गलत प्रचार गर्दै आएका छन् । ‘गरेको काम अनुसारको भुक्तानी गरिसकेका छौँ’ डिभिजन प्रमुख पौडेलले भने ।

हिजो गृह जिल्ला झापा आएका सभामुख देवराज घिमिरेले सो सडक निर्माणमा ढिलाइ भइरहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । सभामुख घिमिरेले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणको अवस्था बुझेपछि तत्काल निर्माण कार्य अघि बढाउन निर्देशन दिएको बताए । सभामुख घिमिरेले निर्माण व्यवसायीले बजेट नपाएको भन्दै झुटो कुरा गरेर काम रोक्ने प्रयास गरेको दाबी गरे । बजेट हुँदाहुँदै पनि काम रोक्नु बेठिक हुने सभामुख घिमिरेको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै