मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

चन्द्रगढी सडक अवरुद्धको विषयमा सोमबार छलफल हुने

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२८ माघ २०८०, आइतबार

                                                                                                                       फायल तस्वीर

झापा । कालोपत्रे सडक निर्माणको माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेको विषयलाइ लिएर सोमबार छलफल हुने भएको छ । विर्तामोड – भद्रपुर सडक खण्ड अन्र्तगत चन्द्रगढी लेखनाथ चोकको सडक अवरद्ध पारेको विषयमा सरोकारवालासँग छलफल हुने भएपछि सडक सुचारु भएको छ ।
चन्द्रगढी आसपासका स्थानीयले आइतबार विहान लोखनाथ चोक र उत्तरतर्फ खानेपानी कार्यालय छेउमा ढाट र अन्य सामग्री राखेर सडक बन्द गराएपछि भद्रपुर नगरका मेयर गणेश पोखरेल सहितका जनप्रतिनिधिले छलफलका लागि अनुरोध गरेपछि भोलीसम्मका लागि सडक खुला गरिएको स्थानीय  देवेन्द्र थाम्सुहाङले जानकारी दिए । छलफलका लागि सोमबार १० नम्बर वडा कार्यालयमा स्थान तय भएको उनले बताए ।
  ठेक्का लागिसकेपनि निमार्ण कार्य सुचारु नगरेको भन्दै स्थानीयहरुले सडक अवरोध गरेका थिए । उनीहरुले मोटरसाइकल,साइकल र अत्यावश्यक सवारी साधन वाहेक अन्य सवारी साधन रोकेका थिए ।
धुलोका कारण सडकमा बसीनसक्नु भएपनि अब पानी हालेर धुलो बन्द गर्ने हैन कालो पत्रे सडक नै एक सुत्रिय माग रहेको उनीहरुले जनाएका छन् । हिउँदमा धुलो मारेर के गर्नु वर्षायाममा हिलाम्मे सडक हुन्छ भन्दै नेता र ठेकेदार प्रति आक्रोसित देखिएका थिए । देउनीय देखी चन्द्रगढी भैरब चोकसम्म ठेक्का लागेपनि अलपत्र पारेर काम नगरेको भन्दै उनीहरु विरोधमा उत्रिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार