मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

पत्रकार नेतीकी श्रीमतीले आधिकारिक रुपमा रकम जम्मा नगरेको प्रभु बैंकको भनाई

देश प्रदेश डेस्क 5489+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

झापा । पत्रकार टीकाराम नेतीकी श्रीमती मन्जुकुमारी नेपालले आधिकारिक रुपमा बैंकमा रकम जम्मा नगरेको प्रभु बैंकले स्पष्ट पारेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालले आज एक प्रेस विज्ञप्ति जारी गरी प्रभु बैंकको बिर्तामोड शाखा कार्यालयका निक्षेपकर्ता नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेश गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानविन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको व्यहोरा प्रारम्भिक रुपमा देखिन आएको जनाएका छन् । उनले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषीउपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाईसकिएको बताएका छन् । आवश्यक छानविन तथा प्रचलित कानुनबमोजिमको कारवाहीपश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागेर दोषीउपर ठहरे बमोजिमको कारवाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको उनले उल्लेख गरेका छन् ।

बिर्तामोड–५ स्थित मम फ्याक्ट्रीका संचालकसमेत रहेका नेतीले प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १७ लाख रुपैयाँ गायब गरिएको दावी गरेका थिए । उनले आफ्नी श्रीमती मन्जुकुमारी नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैंकको बिर्तामोड शाखामा रु. १ करोड १९ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेकोमा खातामा २ लाख मात्र जम्मा देखिएको पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए । नेतीले बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतबश हिनामिना गरेको दावी गरेका थिए । घटना सार्वजनिक भएपछि सिटौला भने  फरार रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै