मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपीमा दुई जना पक्राउ ,एक फरार

देश प्रदेश डेस्क 5487+ समाचार ( )
साङ्केतिक तस्विर
११ जेठ २०८३, सोमबार

                                                                                 साङ्केतिक तस्विर

झापा ।  किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपीमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १० बनगाउँका २४ वर्षीय ओम चौधरी र  २२ वर्षीय राजेन्द्र चौधरी  पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।घटनामा एक जना फरार छन् ।

प्रहरीले दिएकाे जानकारी अनुसार सोही ठाउँका अन्दाजी २५ वर्षीय राजेश चौधरी फरार छन्। उनीहरूमाथि १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोप छ ।  पक्राउ परेका ओम पढ्दै छन् भने राजेन्द्र ट्याक्टर चालक हुन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार ओम १९ वर्षीया किशोरीसँग प्रेम सम्बन्धमा थिए ।

ओमले प्रेम विवाह गर्ने भनेर प्रेमिकालाई जेठ ५ गते रातमा भेट्न बोलाएका थिए। उनले गाउँकै राजेश र राजेन्द्रलाई सँगै लगेका थिए । 

किशोरीको घरभन्दा पर एकान्तमा रहेको खेतमा उनीहरूबीच भेट भएको थियो। ओमले किशोरीलाई भगाएर त्यही रात आफ्नो घर लैजाने भनेका थिए ।

तर खेतमै उनले शारीरिक सम्बन्धका लागि ओमले किशोरीलाई करकाप र आश्वासन दिएका थिए । बाध्य भएर किशोरी तयार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी बोहराले बताए ।

ओमका साथीहरू किशोरीले नदेख्ने गरी अलि टाढा बसेका थिए । ओमले आफैले उनीहरूलाई बोलाएपछि उनीहरू दुवैजना आएर डर त्रास देखाएर पालै पालो बलात्कार गरेकाे प्रहरीकाे भनाइ छ ।

सामूहिक बलात्कारपछि किशोरीलाई त्यहीँ छाडेर तीनै जना घर फर्किएको प्रहरीले जनाएको छ । घटनाको दोस्रो दिन बिहान पीडित किशोरीले आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर सामुहिक बलात्कारमा संलग्न तीनै जना बिरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी परेलगत्तै प्रहरीले आरोपीमध्ये दुई जनालाई पक्राउ गरेको थियो ।  फरार भएका एक जनाको खोजी भइरहेको छ ।

पक्राउ परेका दुई जनालाई अदालत बाट म्याद थप भइ ‘जबरजस्ती सामुहिक करणी’ शिर्षकमा मुद्दा चालउने गरि अनुसन्धान जारी रहेको इप्रका तुलसीपुरका डिएसपी होमबहादुर पराजुलीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार